दिपक बोहोरा, पाँचथर ताप्लेजुङ पाथिभरा म्याराथनको उपाधि जुम्लाका दलबहादुर कुँवरले जितेका छन् । ताप्लेजुङ म्याराथन तथा पर्यटन महोत्सवको अवसरमा आयोजित म्याराथन ४ घन्टा १२ मिनेट २७ सेकेन्डमा पूरा गर्दै तातोपानी गाउँपालिका–७ जुम्लाका दलबहादुर उपाधि जितेका हुन् । उनी कर्णाली स्पोर्टिङ क्लबबाट सहभागी भएका थिए । त्रिभुवन आर्मी क्लबका खगेन्द्रबहादुर भाट र सोही क्लबका राज मेन्याङबो […]