काठमाडाैं : विवेकशील साझा पार्टीको अध्यक्षमा समीक्षा बाँस्कोटा चयन भएकी छन्।बाँस्कोटा गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा काठमाडौँ महानगरपालिकाको मेयर पदको उम्मेदवार थिइन्। स्थानीय तहको चुनावी परिणामपछि अध्यक्षबाट राजीनामा दिएका रवीन्द्र मिश्रको ठाउँमा बाँस्कोटा चयन भएकी हुन्।आज बसेको केन्द्रीय समितिको बैठकले मिश्रको राजीनामा स्वीकृत गर्दै कार्यसम्पादन समिति सदस्य समीक्षा बास्कोटालाई नयाँ अध्यक्ष चयन गरेको विवेकशील साझा पार्टीले जनाएको छ। रिक्त संयोजक पदमा कार्यसम्पादन समितिकै अर्का