राधी विद्युत कम्पनीले आयोगबाट पायो हकप्रद सेयर निष्कासन सहमति, ९५ करोडको ल्याउने

काठमाडौं। विद्युत नियमन आयोगले बुधबार एक हाइड्रोपावरलाई हकप्रद सेयर जारी गर्न सहमति दिएको छ। राधी विद्युत कम्पनी लिमिटेडलाई सहमति प्रदान गरेको

सम्बन्धित सामग्री

राधी विद्युत कम्पनीको आयोजनाबाट पुन: विद्युत् उत्पादन शुरु

काठमाडौं । राधी विद्युत कम्पनी लिमिटेडको आयोजनाले पुनः विद्युत उत्पादन थालेको छ । गत आसारमा राधी खोलामा बाढी आएपछि कम्पनीको आयोजनामा क्षति पुगेको थियो । आयोजना मर्मत गरि फागुन ६ गते दिउँसो ४ बजेबाट पुनः विद्युत् उत्पादन थालिएको कम्पनीले नेप्सेमार्फत जनाएको छ ।  गत असार २२ गते राधी खोलामा आएको बाढी र पहिरोको कारण कम्पनीले प्रवर्द्धन गरेको ४.४ मेगावाटको राधी साना जलविद्युत आयोजनामा क्षति पुगेको थियो ।  कम्पनीका अनुसार यही फाल्गुन ०५ आयोजनाको टेस्टिङ गरि विद्युत् उत्पादन थालिएको हो ।

यस कारण बढ्यो राधी विद्युत कम्पनीको नाफा

काठमाडौं । राधी विद्युत कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरणअनुसार कम्पनीको खुद नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ८३ दशमलव ७७ प्रतिशत वृद्धि भएको छ । गत आवमा कम्पनीले रू.४ करोड ७१ लाख नाफा कमाएकोमा चालू आवको सोही अवधिमा बढेर रू. ८ करोड ६४ लाख पुगेको हो । चालू आवमा कम्पनीको वित्तीय आम्दानीमा वृद्धि भएकाले नाफा बढ्न टेवा पुगेको हो । गत आवमा कम्पनीको वित्तीय आम्दानी रू. २२ लाख २६ हजार रहेकोमा चालू आवमा बढेर रू. ४ करोड ७७ लाख पुगेको छ ।  कम्पनीले गत आवमा विद्युत् विक्रीबापत रू. १० करोड ९३ लाख आम्दानी गरेकोमा चालू आवमा रू. १० करोड ८२ लाखमा कायम भएको छ । कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ६७ करोड रहेको छ । त्यस्तै कम्पनीले जगेडामा रू. ३३ करोड ६८ लाख सञ्चित गरेको छ । कम्पनीको प्रतिशेयर आम्दानी रू. ६ दशमलव ८७ (वार्षिक), मूल्य आम्दानी अनुपात ३८ दशमलव २६ गुणा र प्रतिशेयर नेटवर्थ रू. १२० दशमलव १० रहेको छ ।  रिपोर्ट हेर्न यहाँ क्लिक गर्नूहोस

राधी विद्युत कम्पनीको नाफा ६७.७७ प्रतिशत बढ्यो, प्रतिशेयर आम्दानी कति ?

काठमाडौं । राधी विद्युत कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरणअनुसार कम्पनीको खुद नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ६७ दशमलव ७७ प्रतिशत वृद्धि भएको छ । गत आवमा रू. ३ करोड २० लाख रहेको कम्पनीको नाफा चालू आवमा रू. ५ करोड ३६ लाख पुगेको छ । चालू आवमा कम्पनीको विद्युत् विक्री आम्दानी र वित्तीय आम्दानीमा वृद्धि भएकाले नाफा बढेको हो । गत आवमा रू. १२ लाख ३७ हजार रहेको कम्पनीको वित्तीय आम्दानी चालू आवमा रू. १ करोड ९७ लाख पुगेको छ ।  गत आवमा विद्युत् विक्रीबापत रू. ७ करोड ७७ लाख आम्दानी गरेको कम्पनीले चालू आवमा रू. ७ करोड ७९ लाख पुर्‍याएको छ । कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ६७ करोड रहेको छ । दोस्रो त्रैमाससम्म कम्पनीले जगेडामा रू. २९ करोड २६ लाख सञ्चित गरेको छ । सो अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी रू. ६ दशमलव ४१ (वार्षिकीकरण), मूल्य आम्दानी अनुपात ४२ दशमलव ४५ गुणा र प्रतिशेयर नेटवर्थ रू. ११७ दशमलव ४६ रहेको छ ।

राधी विद्युत कम्पनीको हकप्रद भर्ने आज अन्तिम दिन

राधी विद्युत कम्पनी लिमिटेडले निष्काशन गरेको हकप्रदमा आवेदन दिने आज असोज २५ गते अन्तिम दिन रहेको छ । कम्पनीले असोज ५ गतेदेखि हकप्रद सेयर निष्कासन तथा बिक्री खुल्ला गरेको थियो ।कम्पनीले हाल कायम चुक्ता पुँजीकाे १:१.४७५२ को अनुपातमा एक सय रूपैयाँ अंकित दरमा १०० प्रतिशतले हुन आउने९५ करोड ३५ लाख ७६ हजार ९९ रुपैयाँ बराबरको ९५ लाख ३५ हजार ७६०.९९ कित्ता कित्ता हकप्रद सेयर निष्कासन गरेकाे हाे ।कम्पनीले हकप्रद प्रयोजनका लागि भदौ १२ गते एक दिन बुकक्लोज गरेकाे थियाे । त्यसैले, भदाै १० गते, शुक्रबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम भएका शेयरधनीहरूले मात्र हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् । कम्पनीको हकप्रदमा असोज २५ गते बैंकिङ समयसम्म आवेदन दिन सकिनेछ ।

राधी विद्युत कम्पनीको ३६ प्रतिशत बोनस शेयर फ्रिज हुने

काठमाडौं, २१ भदौ । राधी विद्युत कम्पनी लिमिटेडको बोनस शेयर कर नतिरेसम्म फ्रिज हुने भएको छ । ३६ दशमलव ५ प्रतिशत बोनस शेयर कर नतिरेसम्म फ्रिज हुने भएको कम्पनीले सोमवार सुचना जारी गर्दै जानकारी दिएको हो । आफ्नो हक वापतको बोनस शेयर फ्रिज हुन नदिन सम्बन्धित शेयरधनीहरुले कर तिर्नुपर्ने भएको छ । कम्पनीले असार २९ […]

राधी विद्युत कम्पनीद्वारा ३६.५० प्रतिशत बोनश शेयर घोषणा

काठमाडौँ / राधी विद्युत कम्पनी लिमिटेडले बोनश शेयर घोषणा गरेको छ । कम्पनीको यही जेठ २ गते बसेको बैठकले आ.व. २०७६/७७ सम्मको सञ्चित मुनाफाबाट हाल