काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले दोलखा जिल्लाको एकै परिवारका तीन दिदीबहिनीले विश्वको सगरमाथाको आरोहण गर्न सफल भएकामा बधाई ज्ञापन गरेका छन् । दोलखा, गौरीशंकर गाउँपालिका–९ बेदिङका निमाजाङ्बु (३० वर्ष), छिरिङनाम्गे (२६ वर्ष) र दावाफुटी शेर्पा (२४ वर्ष) आज बिहान सर्वोच्च शिखरमा पुग्न सफल भएका थिए ।“एकै परिवारका तीन छोरी सगरमाथाको चुचुरामा पुग्न सफल भएका छन्, मलाई असाध्यै खुशी लागेको छ, म हार्दिक बधाई तथा शुभकामना दिन चाहन्छु” मन्त्री