कांग्रेसले भोट मागेपछि ओलीले भने- रामचन्द्रजी सँगै जेल बसेको साथी हो, उहाँप्रति नकारात्मक छैन

फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनका लागि नेपाली कांग्रेसले एमालेलाई औपचारिक रूपमा भोट मागेको छ। 

सम्बन्धित सामग्री

नागरिकलाई गलत सन्देश दिएको भन्दै भैरहवाको जेल रेष्टुरेन्ट एण्ड बारमा शिल

रेष्टुराले उदेश्य विपरित होटलमा जाने नागरिकलाइ नकारात्मक प्रभाव पार्ने खालका गतिविधि गरेको भन्दै प्रशासनले अनुगमन गरी होटल शिल गरेकाे छ।

नागरिकलाई गलत सन्देश दिएको भन्दै भैरहवाको जेल रेष्टुरेन्ट एण्ड बारमा शिल

रेष्टुराले उदेश्य विपरित होटलमा जाने नागरिकलाइ नकारात्मक प्रभाव पार्ने खालका गतिविधि गरेको भन्दै प्रशासनले अनुगमन गरी होटल शिल गरेकाे छ।

अर्थतन्त्रका समस्याबारे निजीक्षेत्रले दियो अर्थमन्त्रीलाई सुझाव

वीरगञ्ज । आर्थिक क्षेत्रमा देखापरेका समसामयिक समस्याबारे प्रदेश २ का उद्यमी व्यवसायीले अर्थमन्त्री जनार्दन शर्माको ध्यानाकर्षण गराएका छन् । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश २ का पदाधिकारी तथा उद्यमी व्यापारीहरूको टोलीले काठमाडौंमा अर्थमन्त्री शर्मालाई भेटेर वर्तमान आर्थिक संकटबारे अवधारणापत्र बुुझाएको हो । अर्थतन्त्रका समसामयिक समस्या र सुधारका उपायका बारेमा अर्थमन्त्रीसमक्ष सुझाव पेश गरिएको महासंघका प्रदेश अध्यक्ष गणेशप्रसाद लाठले बताए । वैदेशिक व्यापारमा न्यून बिजकीकरणको समस्याले सरकारको राजस्वमा मात्र नकारात्मक प्रभाव नपारेर वैध व्यापार गर्ने व्यवसायीलाई पनि संकटमा पारेको महासंघले बताएको छ । आयातकर्तालाई आप्mनै ब्राण्ड प्रयोग गर्ने अनुमति दिएमा न्यून बिजकीकरणको समस्याले निकास पाउन सक्ने सुझाव अध्यक्ष लाठले दिएका छन् । अहिले उद्योगहरूले मात्र आफ्नो उत्पादनमा ब्राण्ड प्रयोग गर्ने अनुमति पाएका छन् । ‘आयातकर्तालाई समेत आफ्नो ब्राण्डमा मालसामान आयात गर्न दिने हो भने न्यून बिजकीकरणको समस्याले निकास पाउन सक्छ,’ अर्थमन्त्रीसमक्ष पेश गरिएको सुझावबारे शनिवार सञ्चारकर्मीलाई जानकारी दिँदै लाठले बताए । आयातित मालसामानको बीलबिजक मूल्यलाई मान्यता नदिई भन्सार कार्यालयले सन्दर्भ मूल्यअनुसार महशुल असुल गर्दा नियमित दरमा थप ५० प्रतिशत अतिरिक्त कर असुल्ने व्यवस्था खारेज गरिनुपर्ने माग व्यवसायीको छ । भन्सार कार्यालयले असुल गरेको त्यस्तो करको प्रभाव भन्सार प्रयोजनमा मात्रै सीमित हुनुपर्ने र त्यस्तो करलाई आधार बनाई आन्तरिक राजस्व कार्यालयले मालसमानको विक्रीदर, भन्सार खर्च इत्यादिको मामिलामा थप बाधा गर्न नपाउने कानूनी व्यवस्था हुनुपर्ने महासंघले बताएको छ । निजीक्षेत्रको सुझाव सुनेपछि अर्थमन्त्री शर्माले सरकार निजीक्षेत्रको प्रवद्र्धनमा प्रतिबद्ध रहेको बताए । सरकारले निजीक्षेत्रलाई अर्थतन्त्रको केन्द्र भाग राखेर अघि बढ्न चाहेको पनि अर्थमन्त्रीले स्पष्ट पारेको भेटमा सहभागी व्यवसायीले जानकारी दिए । व्यावसायिक प्रतिष्ठानले उधारो विक्री गरेको मालसामानको भुक्तानीको सुरक्षाका लागि सरकारले उधारो विक्रीसम्बन्धी कानून बनाउनुपर्ने माग पनि निजीक्षेत्रको छ । वित्तीय क्षेत्रको लगानीको सुरक्षामा यस्तो कानून भए पनि व्यावसायिक कारोबारको सुरक्षाका कानूनी व्यवस्थाको अभावमा लगानी डुबेर कतिपय प्रतिष्ठान दिवालिया भएको दाबी उनीहरूको छ । भीसीटीएसको कार्यान्वयनलाई व्यावहारिक बनाउनुपर्ने, बाटोमा नगद रुपैयाँसहित कोही भेटिँदैमा त्यस्तो रकमलाई अवैध कामका लागि हो भन्दै जेल सजायको भागीदार बनाउने परिपाटी नियन्त्रण हुनुपर्ने, भारतसित सिमाना जोडिएका क्षेत्रमा व्यापार व्यवसायका लागि बेग्लै कार्यविधि बनाइनुपर्नेलगायत माग प्रदेश २ को निजीक्षेत्रको छ । नेपाल भित्रिने भारतीय पर्यटक तथा भारतमा काम गरेर फर्किएका नेपाली कामदारले आफ्नो साथमा ल्याउने नगद भारतीय रुपया लिएर नेपाल पस्न नपाउने हो भने सम्बन्धित नाकामा सटही काउन्टर राख्नुपर्ने माग पनि निजीक्षेत्रले गरेको छ । भारतीय मुद्रा बोकेकै कारण थुनामा राख्ने काम बन्द गरिनुपर्ने अध्यक्ष लाठले बताए । नेपालकै प्रमुख औद्यौगिक कोरिडर वीरगञ्ज पथलैया खण्डमा स्थानीय बासिन्दा र अद्यौगिक प्रतिष्ठानहरूबीच हुने विवादको दीर्घकालीन समाधानको माग पनि महासंघ प्रदेश २ ले गरेको छ । प्रदेश २ का जिल्लाहरूमा सम्भावित अद्यौगिक क्षेत्रको खोजी गर्ने, जग्गा अधिग्रहण गर्ने, आवश्यक पूर्वाधारसहित औद्यौगिक क्षेत्र स्थापना गर्ने काम अघि बढाउनुपर्ने बताएका छन् । बैंक ग्यारेन्टीको समयावधि प्रत्येक वर्ष जारी गर्ने अभ्यासले जोखिम बढेकाले पुरानै बैंक ग्यारेन्टीलाई नवीकरण गर्ने व्यवस्था हुनुपर्ने निजीक्षेत्रको आग्रह छ । विदेशी मालसामानको अधिकृत विक्रेताको हकहितको उचित संरक्षण गरिनुपर्ने, वीरगञ्ज क्षेत्रमा राजस्व न्यायाधिकरणको स्थापना, कर फछ्र्यौट आयोगको गठन, सम्पत्ति अभिलेखीकरणको नीति लागू गर्न पनि माग गरिएको छ । सिमेन्टको कच्चा पदार्थको रूपमा प्रयोग हुने फ्लाईएस भारतमा निःशुल्क उपलब्ध हुने भएकाले यस्तो वस्तुको आयातमा भन्सार राजस्व नलिन पनि महासंघले माग गरेको छ ।

शेयरबजारमा अनैतिक र बदनियतपूर्ण कार्य

शेयरबजारमा बेलाबेलामा विभिन्न विषयमा चर्चा आइरहन्छ । यसपटक भित्री कारोबारले चर्चा पाएर जस्तोसुकै घटनालाई पनि भित्री कारोबार भयो भन्दै नेपाल धितोपत्र बोर्डमा उजुरीसमेत परेको छ । कुनै कम्पनीको शेयरको भाउ, संख्या, कारोबार संख्या घट्दा वा बढ्दालगायत जुनसुकै अवस्थालाई पनि भित्री कारोबार भन्ने गरिएको पाइन्छ । शेयरबजारमा हुने भित्री कारोबार विश्वव्यापी समस्या हो । शेयरबजारमा भित्री मात्र होइन, अन्य प्रकारका कारोबार पनि हुन्छन् । अन्य प्रकारका कारोबारलाई पनि भित्री कारोबारै भन्ने गरिएको छ । एकै अक्षर भएको वाक्यमा एउटा डिकोले अर्थ फरक पार्छ । उदाहरणका लागि ‘बढिरहेको छ’ र ‘बढी रहेको छ’ को अर्थ एकै हुँदैन । पहिलो वाक्यले ‘बढ्दै छ, रोकिएको छैन’ र दोस्रो वाक्यले ‘तुलनामा बढी छ’ भन्ने अर्थ दिन्छ । सर्वाधिक चर्चामा आएको सर्वोत्तम सिमेन्ट लिमिटेडको शेयर खरिदबिक्री प्रकरण र बोर्डले प्रकाशन गरेको ५१ कम्पनीको सूची फरकफरक विषय भए पनि यी दुवैलाई भित्री कारोबार भन्दै प्रचार भएको छ । शेयरबजारमा हुने भित्री कारोबार विश्वव्यापी समस्या हो । शेयरबजारमा भित्री मात्र होइन, अन्य प्रकारका कारोबार पनि हुन्छन् । अन्य प्रकारका कारोबारलाई पनि भित्री कारोबारै भन्ने गरिएको छ । भित्री कारोबारको सैद्धान्तिक पक्ष भित्री कारोबार हुनका लागि पहिलो शर्त कम्पनी स्टक एक्सचेन्जमा सूचीकरण भएर निरन्तर कारोबार हुनुपर्छ । भित्री कारोबारसम्बन्धी विषयको उठान सूचीकरण भइसकेपछि सक्रिय हुन्छ । मूल्य संवेदनशील सूचनाको आधारमा भित्री कारोबार हुन्छ । सूचीकृत कम्पनीमा उत्पन्न हुने सबै सूचना मूल्य संवेदनशील हुँदैन । सूचीकृत कम्पनीमा उत्पादन हुने सूचनाले शेयरको मूल्य बढ्छ वा घट्छ भने यस्ता सूचनालाई मूल्य संवेदनशील सूचना भनिन्छ । यस्ता सूचनामा पहुँच हुने कुनै पनि व्यक्तिले त्यस्ता सूचना चुहाई आफूले वा आफ्ना इष्टमित्रमार्फत गर्ने कारोबार भित्री कारोबार हो । कानूनमा पनि यस्तै कुरालाई लिपिबद्ध गरिएको हुन्छ । धितोपत्रसम्बन्धी ऐन, २०६३ दफा ९१(१) मा ‘कुनै व्यक्तिले धितोपत्रको मूल्यमा असर पार्नसक्ने सार्वजनिक नभएका भित्री सूचना वा जानकारीको आधारमा आफूले धितोपत्र कारोबार गरेमा वा अरूलाई कारोबार गर्न लगाएमा वा आफूलाई थाहा भएको सूचना वा जानकारी आफ्नो कर्तव्य पालनाको सिलसिलामा बाहेक अरू कसैलाई दिएमा त्यस्तो व्यक्तिले धितोपत्रको भित्री कारोबार गरेको मानिनेछ’ भनिएको छ । यसैको स्पष्टीकरणमा ‘भित्री सूचना वा जानकारी’ भन्नाले धितोपत्र जारी गर्ने कुनै कम्पनीबाट सार्वजनिक नभएको कुनै खास किसिमको सूचना वा जानकारी सार्वजनिक भएमा त्यस्तो धितोपत्रको मूल्यमा असर पर्नसक्ने किसिमका सूचना वा जानकारी सम्झनुपर्छ’ भनेको छ । भित्री कारोबारमा को को संलग्न हुन सक्छन् भन्ने विषयमा ऐनको दफा ९२ मा (१) कम्पनीका सञ्चालक, कर्मचारी वा शेयरधनी, (२) उक्त कम्पनीलाई पेशागत सेवा प्रदान गर्ने व्यक्ति–बाह्य लेखापरीक्षक, कानूनी सल्लाहकार आदि) र (३) माथि (१) र (२) मा उल्लिखित व्यक्ति वा स्रोतमा प्रत्यक्ष वा अप्रत्यक्ष सम्पर्क भई कुनै सूचना वा जानकारी प्राप्त गर्न सक्नेलाई सूचना र जानकारीमा पहुँच भएको व्यक्ति (लेखापरीक्षण वा ल फर्मको कर्मचारी, संचालक, शेयरधनी वा कर्मचारीको नातेदार आदि) मानिएको छ । यस्ता सूचनामा पहुँच हुने व्यक्तिमा सरकारी निकायका कर्मचारी (कर कार्यालय, कम्पनी रजिस्ट्रार कार्यालय), शेयर रजिस्ट्रार, केन्द्रीय निक्षेपक, स्टक एक्सचेन्ज, विषयगत नियामक र पूँजीबजार नियामकका कर्मचारी पनि पर्न सक्छन् । यिनको विषयमा ऐनमा उल्लेख नभए पनि सूचनामा पहुँच हुनसक्ने व्यक्ति हुन् । रजत र राजारत्नम् भित्री कारोबार कस्तो हुन्छ बुझ्न भारतीय र श्रीलंकाली मूलका अमेरिकी नागरिक क्रमशः रजत गुप्ता र राज राजारत्नम्को घटना पर्याप्त छ । गुप्ता गोल्डम्यान स्याक्स नामक इन्भेस्टमेन्ट बैंकका सञ्चालक थिए । उनले २३ सेप्टेम्बर २००८ का दिन बैंकको सञ्चालक समितिको बैठक सकिएको १६ सेकेन्डपछि वारेन बफेटले ५० लाख डलर गोल्डम्यानमा लगानी गर्न लागेको सूचना राजारत्नमलाई दिए । २३ अक्टोबरमा फेरि गुप्ताले राजारत्नम्लाई बैठक सकिएको २३ सेकेन्डपछि गोल्डम्यानको आम्दानी नकारात्मक हुँदै छ भन्ने जानकारी गराए । गुप्ताले २००९ जनवरीमा पनि आफू सञ्चालक रहेको प्रोक्टर एन्ड ग्याम्बल कम्पनीको आम्दानी नकारात्मक हुने सूचना राजारत्नम्लाई दिएका थिए । गुप्ताले पहुँचको आधारमा सूचनाको दुरुपयोग (भित्री कारोबार) गरेको आरोपमा २४ अक्टोबर २०१२ मा यूएस सेक्युरिटीज एक्सचेन्ज कमिशनले २५ वर्षको जेलसजाय माग गरे पनि अदालतले २ वर्षको जेल सजाय सुनाएको थियो । जेल सजाय भुक्तान गरेपछि पनि उनलाई आफ्नै घरमा सन् २०१६ मार्चसम्म नजरबन्द गरियो । रजत गुप्ताको गतिविधि सम्बन्धमा कमिशनले छानविन गरिरहेको थियो । हेज फन्डका म्यानेजर रहेका राजारत्नम् ११ वर्षको जेलसजाय भोगिरहेका छन् । उनको ग्यालियन ग्रूप कम्पनी बन्द गरिएको छ । झुनझुनवाला र अमेरिकी अदालत भारतका अर्बपति शेयर कारोबारी राकेश झुनझुनवाला र उनकी पत्नीसहित ८ जनालाई आफ्नै शैक्षिक कम्पनी एपटेकले प्राथमिक विद्यालय सञ्चालन गर्ने निर्णय गरेर उक्त सूचना सार्वजनिक हुनुअघि शेयर किनेर भित्री कारोबार गरेको भन्दै सेक्युरिटीज एक्सचेन्ज बोर्ड अफ इन्डिया (सेबी) ले ३७ करोड भारतीय रुपयामा जरीवाना गरेको थियो । अमेरिकी अदालतले यूएस सेक्युरिटीज एक्सचेन्ज कमिशनविरुद्ध टेक्सास गल्फ सल्फर कम्पनीविरुद्धको मुद्दामा यदि कोही व्यक्तिसँग कुनै भित्री सूचना छ भने त्यसलाई प्रकट गर्नुपर्छ वा त्यसबाट आफू अलग हुनुपर्छ भन्ने निर्णय दिएको थियो । कम्पनीले क्यानाडामा खानी उत्खनन गरेको थियो । उत्खनन गर्दा खानीको मात्रा प्रशस्त भेटिने हुँदा वरपरको जग्गा लिने निर्णय गर्यो । यसमा संलग्न १२ जना कर्मचारी र अन्य बाह्य व्यक्तिले उक्त सूचना पाएपछि कम्पनीको शेयर किनेका थिए । यो सूचना बाहिर आउनुअघि नै गरिएको कारोबारलाई अदालतले भित्री कारोबारमा दोषी ठहर गरेको थियो । सर्वोत्तम र ५१ कम्पनी बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले भित्री कारोबार गरेको भन्ने आरोप लागे पनि संसदको अर्थ समितिले ‘अनैतिक कार्य’ गरेको निष्कर्ष निकाल्दै निलम्वन गरी छानविन गर्न सरकारलाई आदेश दियो । सरकारले गठन गरेको छानविन समितिले सर्वोत्तमको शेयर कारोबार र ५१ कम्पनीको सूची प्रकाशलाई ‘भित्री कारोबार’ भनेर प्रतिवेदन दिए पनि माथिका विभिन्न अनुच्छेदमा वर्णित भित्री कारोबारका सैद्धान्तिक, कानूनी र अदालती निर्णयको आधारमा दुवै कार्य भित्री कारोबार होइन । पुनरावेदन अदालतका पूर्वन्यायाधीशको छानविन समितिले दिएको प्रतिवेदन सार्वजनिक नभएको हुँदा के निष्कर्ष आयो जानकारी हुन सकेको छैन । सर्वोत्तमका शेयरधनीलाई कानूनले वर्जित नगरेको अवस्थामा शेयर विक्री गर्न रोक छैन । तर, नियमन निकायको सर्वोच्च पदमा आसीन व्यक्तिलाई नातेदारको नाममा सूचीकरणमा आउन लागेको कम्पनीको शेयर किन्ने (उपहारमा लिने) हक हुँदैन । ढुंगानाले सर्वोत्तमको शेयर नातेदारको नाममा किन्नु (उपहार लिनु) अनैतिक कारोबार हो भने ५१ कम्पनीको सूची प्रकाशन गरेर कसैलाई लाभ पुर्‍याउने हेतुले गरिएको बदनियतपूर्ण कार्य हो । ढुंगानाले गरेका यी दुवै कार्य गम्भीर प्रकृतिको वित्तीय कसुर भएको हुँदा पश्चातदर्शी कानून बनाएर भए पनि ढुंगानालाई आर्थिक दण्डयुक्त कारवाही गर्नुपर्छ । सर्वोत्तमको शेयर जफत गरी राज्यले विक्री गर्नुपर्छ । यही कुरा स्टक एक्सचेन्जको तत्कालीन कार्यकारी प्रमुख चन्द्रसिंह साउदको हकमा पनि लागू गर्नुपर्छ । लेखक धितोपत्रसम्बन्धी अध्येता अधिवक्ता हुन् ।

‘सुपर डान्सर’को सेटमा फर्किइन् शिल्पा सेठ्ठी

मुम्बई :  श्रीमान् राज कुन्द्रा एपमार्फत पोर्न फिल्मको कारोबार गरेको आरोपमा जेल गएपछि शिल्पा सेठ्ठी ‘सुपर डान्सर ४’को सेटबाट अलग भएकी थिइन् । राज कुन्द्राको काण्ड बाहिरिनु अघि शिल्पा बच्चाबच्चीको नृत्य प्रतियोगिताको तीनमध्ये एक निर्णायक थिइन् । तर राजको अपराधलाई लिएर नकारात्मक चर्चा भएपछि शिल्पाले यो प्रतियोगि…

‘सुपर डान्सर’को सेटमा फर्किइन् शिल्पा सेठ्ठी

मुम्बई :  श्रीमान् राज कुन्द्रा एपमार्फत पोर्न फिल्मको कारोबार गरेको आरोपमा जेल गएपछि शिल्पा सेठ्ठी ‘सुपर डान्सर ४’को सेटबाट अलग भएकी थिइन् । राज कुन्द्राको काण्ड बाहिरिनु अघि शिल्पा बच्चाबच्चीको नृत्य प्रतियोगिताको तीनमध्ये एक निर्णायक थिइन् । तर राजको अपराधलाई लिएर नकारात्मक चर्चा भएपछि शिल्पाले यो प्रतियोगि…

‘सुपर डान्सर’को सेटमा फर्किइन् शिल्पा सेठ्ठी

मुम्बई :  श्रीमान् राज कुन्द्रा एपमार्फत पोर्न फिल्मको कारोबार गरेको आरोपमा जेल गएपछि शिल्पा सेठ्ठी ‘सुपर डान्सर ४’को सेटबाट अलग भएकी थिइन् । राज कुन्द्राको काण्ड बाहिरिनु अघि शिल्पा बच्चाबच्चीको नृत्य प्रतियोगिताको तीनमध्ये एक निर्णायक थिइन् । तर राजको अपराधलाई लिएर नकारात्मक चर्चा भएपछि शिल्पाले यो प्रतियोगि…

होटलबारे नकारात्मक टिप्पणी गर्ने पर्यटक जेल पुगे

आफू बसेको होटलबारे नकारात्मक टिप्पणी गर्दा थाइल्याण्डमा एक अमेरिकी पर्यटकले भुक्तमान व्यहोर्नुपरेको छ। 'सी भ्यू' नामक होटलबारे नकारात्मक टिप्पणी गर्ने ती पर्यटकलाई व्यवस्थापनले मानहानिको मुद्दा लगाउँदै जेल पुर्‍याएको हो। थाइल्याण्डमा मानहानिसम्बन्धी कडा कानूनी व्यवस्था छ। वेस्ली बर्नस नामका ती अमेरिकी पर्यटकले...