काठमाडौं। समुद्रमा नेपाली झण्ड अंकित पानीजहाज चलाउन चाहिने ऐन तयार भएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पानीजहाज चलाउन चाहिने सबै ऐन बनेर ड्राफ्टमा राखेको बताएको छ। नेपाली जहाज चलाउनमा ७/८ वटा कानुन चाहिन्छ। त्यो तयार भइसकेको र अब सांसदबाट अनुमोदन गराउनुपर्ने मन्त्रालयले बताएको छ।