पानीजहाज कार्यालय खुल्यो, पानीजहाजको टुंगो भने छैन

काठमाण्डौ – नेपालमा पानीजहाज आउने र नेपालको झण्डा भएको पानीजहाज समुद्रमा चल्ने टुंगो नभए पनि पानीजहाजको कार्यालय भने खुलेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार ललितपुरको एकान्तकुनामा पानीजहाज कार्यालयको उद्घाटन गर्नुभएको छ ।  भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत रहने कार्यालयमा सहसचिव नेतृत्वमा ...

सम्बन्धित सामग्री

बूढीगण्डकीमा राजनीति

बूढीगण्डकी जलविद्युत् आयोजना निकै महत्त्वपूर्ण भए पनि राजनीतिक चालबाजीमा परेको छ । त्यसैले यो आयोजना कहिले चीनलाई दिने त कहिले खोस्ने गरेको छ । निकै विवाद भएपछि नेपालले आफै बनाउन लागेको छ । तराईलाई काठमाडौंसँग जोड्ने दु्रतमार्ग पनि यस्तै विरोध भएपछि सेनालाई जिम्मा दिइयो । सेनाले यसको काम गर्न नसक्दा म्याद थपेको थपियै छ, लागत बढेको बढ्यै छ । सेनाले पनि पत्रकारहरूलाई बेला बेलामा घुमाउन लैजान्छ र त्यहाँको कार्य प्रगति भएको समाचार लेखाउँछ जुन वास्तविकताभन्दा फरक हुन्छ । त्यस्ता समाचारमा सेनाको कमीकमजोरीभन्दा पनि उसको बखान गरिएको हुन्छ ।  यही नियति अब बूढीगण्डकी आयोजनामा पनि देखिँदै छ । आयोजना कुन मोडलमा कसरी बन्ने भन्ने टुंगो नलाग्दै प्रधानमन्त्रीलाई कार्यालय उद्घाटन गर्न हतार भएको छ । अघिल्लोपटक केपी ओलीले प्रधानमन्त्री हुँदा पानीजहाज कार्यालय र बन्न बाँकी नै रहेको धरहराको उद्घाटन गरेजस्तै प्रचारमोहले यसो गरेको देखिन्छ । यस्तो पाराले देश कसरी बन्छ ?  कुमार नेपाल बानेश्वर, काठमाडौं