विस्फोटका कारण क्षतिग्रस्त रुसको एउटा पानीजहाज समुद्रमा डुबेको छ । रुसी नौ सेनाको पानीजहाज डुबेको रुसी रक्षा मन्त्रालयले जनाएको छ ।
ब्ल्याक सीमामा क्षतिग्रस्त जहाज समुद्रको किनारातर्फ तानेर लैजाँदै गर्दा डुबेको रुसको रक्षा मन्त्रालयले जानकारी दिएको बीबीसीले उल्लेख गरेको छ ।
‘मस्क्भा’ नामको लडाकु पानीजहाजलाई आफूले क्षेप्यास्त्र प्रहार गरेको युक्रेनको दाबी छ ।
१२ हजार टन तौलको पानीजहाज युद्धका क्रममा डुबेको यो दोस्रो विश्वयुद्ध यताकै सबैभन्दा ठूलो हो । यो जहाज सन् १९८० को दशकमा युक्रेनको दक्षिणी सहर ...