भालुबाङ : लुम्बिनी प्रदेशको राजधानी भएको ठाउँको जग्गा रोक्का हुँदा दैनिक जीवनयापन र उद्योग, व्यापार गर्न समस्या भएको भन्दै स्थानीय बासिन्दाले तत्काल फुकुवा गर्न माग गरेका छन्।जग्गा रोक्का हुँदा अंशबण्डा, किनबेच तथा वित्तीय संस्थाबाट ऋण लिन नपाउँदा आफूहरू समस्यामा परेको उनीहरूको गुनासो छ। राप्ती गाउँपालिका भालुबाङका रणप्रसाद सुवेदीले पैसा नहुँदा किराना पसल बन्द गरेका छन्। लामो समयदेखि जग्गा रोक्का हुँदा आर्थिक अभावले पसल बन्द गर्नुपरेको उनले बताए। उनले भने, ‘बैंकबाट ऋण ल्याएर १२-१