काठमाडौं : सात किसान संगठनहरूले किसानहरूको उखु बेचेबापत चिनी मिलबाट प्राप्त गर्नुपर्ने भुक्तानीमा विगतका सरकार तथा उद्योगीहरू इमान्दार नभएको आरोप लगाएका छन्।एक विज्ञप्ति जारी गर्दै संगठनहरूले सरकारले दिनुपर्ने अनुदान रकम समेत नदिएको र पुरानो तथा नयाँसमेत अर्बौं रुपैयाँ भुक्तानी नपाई देशभरका उखु किसानहरू फेरि आन्दोलित हुनुपर्ने अवस्था सिर्जना भएकोमा गम्भीर ध्यानाकर्षण जनाएको छ।अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र), नेपाल किसान संघ ,अखिल नेपाल किसान महासंघ,अखिल नेपाल किसान महासंघ (अप