संयुक्त अधिराज्यको ग्लास्गोमा आयोजना भएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको पक्ष राष्ट्रको २६औँ सम्मेलन (कोप–२६) महत्त्वपूर्ण सहमति गर्दै सम्पन्न भएको छ । एक सय ३२ जना राष्ट्राध्यक्ष तथा सरकार प्रमुखको सहभागिता रहेको यो सम्मेलनले जलवायु परिवर्तनका असरलाई न्यूनीकरण गर्न विश्व एक ठाउँ छ भन्ने सन्देश दिएको छ ।
सम्मेलनमा पृथ्वीमा मानिसका लागि सुरक्षित वातावरण तयार गर्न जलवायु परिवर्तनलाई कम गर्ने र असर न्यूनीकरण गर्न केही महत्त्वपूर्ण निर्णय पनि भएका छन् । सन् २०३० भित्र कार्बन उत्सर्जन कटौती गर्ने र यो शताब्दीको मध्यसम्ममा शून्य उत्सर्जनमा पु¥याउने वाचा गरिएको छ । सयभन्दा बढी मुलुकले सन् २०३० भित्र वनविनाश पूर्ण रूपमा रोक्ने सहमतिमा हस्ताक्षर गरेका छन् । यो सम्मेलनको अर्काे महìवपूर्ण सहमतिका रूपमा मिथेन ग्यास उत्सर्जन कटौती गर्ने योजना हो । सन् २०३० सम्ममा तापमान बढाउने मुख्य ग्यासलाई ३० प्रतिशतले घटाउने प्रतिबद्धता यो योजनामा छ । कोप–२६ मा जलवायु विपद्बाट बच्ने मानवीय योजना रहेको पेरिस जलवायु सम्झौताको कार्यान्वयनबारे विमर्श भएको छ । यो सम्झौताले विश्वव्यापी तापमान वृद्धिलाई १.५ डिग्री सेल्सियसमा सीमित गर्ने लक्ष्यका साथ त्यसलाई दुई डिग्री सेल्सिअसभन्दा तल राख्ने र ज