राष्ट्रियसभाको वर्षे अधिवेशनको पहिलो बैठकमा प्रतिपक्षी दलका सांसदहरुले सरकारले कोरोना खोप ल्याउन नसकेको भन्दै आलोचना गरे । तर जनता समाजवादी पार्टीका सांसद शेखरकुमार सिंहले राष्ट्रियसभाको बैठकमा बोल्दै सरकारले आफूलाई खोजी खोजी कोरोनाको खोप लगाइदिएको कुरा सार्वजनिक गरे । उनले भने– ‘म अहिले जिल्लाबाट तुरुन्तै काठमाडौं आएको छु । सरकारले खोजी खोजी कोरोनाको खोप लगाएको छ । सरकारलाई धन्यवाद पनि दिन चाहन्छु । मै छुटेको थिएँ, अरुको त कुरै छोडिदिनुस् मै छुटेको थिएँ । तर खोजेर आएर घरम