मधेश प्रदेश नामकरण गरिएकोमा असहमति जनाउँदै जनकपुरका युवाहरूले प्रदेश सांसदहरूको पुत्ला जलाएका छन् ।
२२ जिल्लालाई समेटेर मात्रै मधेश प्रदेश बनाउनुपर्नेमा अन्यथा भएको भन्दै उनीहरूले त्यसको विरोधमा मंगलवार बिहानै जनकपुरको जानकी चोकमा प्रदेश सांसदहरूको पुत्ला दोहन गरेका हुनु ।
आठ जिल्लाको मिथिला र भोजपुराको पहिचानलाई समाप्त हुने गरी मधेश प्रदेश बनाएकाले त्यसको विरोधमा प्रदर्शन गर्नुपरेको युवा सुशील कर्णले बताए । उनले २२ जिल्लालाई मधेश प्रदेश बनाउनुपर्ने मागसहित मधेश आन्दोलन भएको उल्लेख गर्दै ८ जिल्लालाई मात्रै सम...