छठ पर्वका अवसरमा ब्रतालुहरुले बिहीबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ पर्व समापन गरेका छन् । तलाउ तथा पोखरीहरूको सहर भनेर चिनिने जनकपुरमा ब्रतालुहरुले तलाउ तथा पोखरी छेउ बनाइएका घाट अगाडि स्नान गरी उदाउँदो सूर्यलाई अर्घ्य दिएका हुन् ।छठ पर्व उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि ब्रत समापन हुन्छ । ब्रतालुहरुले बुधबार रातभर तलाउ, पोखरी तथा नदी किनारमा बनाइएका घाटमा बसेर दीप प्रज्वलन गरी छठ माताको आराधना गरेका थिए । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने यो पर्वमा सूर्यदेवको आराधना, उपासन