ट्रयाक खोलेको २७ वर्षपछि बेंसीसहर–चामे सडक कालोपत्रे गरिँदै छ । स्थानीयवासीको श्रमदान र सरकारको सहयोगमा सडक कालोपत्रे गर्न थालिएको हो ।वि.सं २०५१ मा यस खण्डअन्तर्गत बेंसीसहरबाट खुदीसम्म मोटरबाटोको ट्रयाक खोल्ने काम भएको थियो । बेंसीसहर–चामे सडकअन्तर्गत बेंसीसहरबाट खुदीसम्मको करिब सात दशमलव आठ किलोमिटर सडक कालोपत्र गर्न पहिलो चरणको काम भइरहेको डुम्रे–बेंसीसहर–चामे सडक योजना कार्यालयका सूचना […]