मेलम्ची बाढी पहिरो : थप एकजनाको शव भेटियो, बेपत्ता चार सम्पर्कमा

काठमाडौं : सिन्धुपाल्चोकको मेलम्ची र इन्द्रावती नदीमा आएको बाढीमा परी बेपत्ता भएकामध्ये ४ जना सम्पर्कमा आएका छन्।घटनामा बेपत्ता भएका एक जनाको शव फेला परेको बताइएको छ । गएराति अबेर ४ जना जिवितै भेटिएको र एक जनाको शव भेटिएको भन्ने खवर आएको र पुष्टि गर्न बाँकी रहेको सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालले बताए। उनका अनुसार बेपत्ता भएका १५ जनाको खोजी कार्य जारी छ। मंगलबार रातिदेखि आएको भीषण वर्षापछिको बाढीमा परि २० जना बेपत्ता भएको प्रारम्भिक अनुमान छ।उक्त घटनामा यसअघि द

सम्बन्धित सामग्री

सरकारलाई बाढी, पहिरो पीडितहरूको बसोबासको व्यवस्था गर्न आग्रह

कैलाली । राष्ट्रिय मानव अधिकार आयोगले सुदूरपश्चिमका विभिन जिल्लाका बाढी, पहिरो पीडितहरूको उद्धार, राहत, स्वास्थ्योपचार र बसोबासको व्यवस्था मिलाउन तीनै तहका सरकारलाई आग्रह गरेको छ । अछाम, कैलाली, कञ्चनपुर, बझाङ, डडेल्धुरालगायतमा बाढी र पहिरोमा परेर ३२ जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन् । घटनामा परेर १२ जना बेपत्ता भएका छन् । […]

दार्चुलामा बाढी पहिरो : पाँच जनाकाे मृत्यु, चार बेपत्ता

धनगढी। दार्चुलाको महाकाली नगरपालिकामा शुक्रबार राति आएको बाढी पहिरोका कारण कम्तिमा पाँच जनाको मृत्यु हुनका साथै चारभन्दा बढी बेपत्ता भएका छन् । स्थानीय लास्कु खोलामा आएको बाढीका कारण दार्चुलाको वडा नम्बर १, २, ३ र ४ का बासिन्दा प्रभावित भएका हुन् । महाकाली नगरपालिका–४ का वडा अध्यक्ष जगतबहादुर चुनाराका अनुसार लस्कु खोला यसअघि त्यसरी कहिल्यै […] The post दार्चुलामा बाढी पहिरो : पाँच जनाकाे मृत्यु, चार बेपत्ता appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

बाढी, पहिरो र डुबानबाट हालसम्म ७७ जनाको मृत्यु, २७ बेपत्ता

काठमाडौँ– चार दिनदेखिको अवरल वर्षाका कारण आएको बाढी, पहिरो र डुबानमा परेर हालसम्म देशभर ७७ जनाको मृत्यु भएको छ। गृह मन्त्रालयका अनुसार अझै २७ जना बेपत्ता छन्। बाढी पहिरो र डुबान लगायतका प्राकृतिक प्रकोपमा परेर कालिकोटमा १, बैडतीमा ४, डडेल्धुरामा १, डोटीमा १२, बझाङमा २, हुम्लामा ६, प्यूठानमा १, सोलुखुम्बुमा १, धनकुटामा ७, मोरङमा १ […]

बाढी, पहिरो र डुबानबाट देशभर ७७ जनाको मृत्यु, २६ बेपत्ता, २२ घाइते

अविरल वर्षाका करण बाढी, पहिरो र डुबानबाट देशभर ७७ जनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ । २६ जना बेपत्ता र २२ जना घाइते भएको मन्त्रालयले जानकारी दिएको छ । सरकारले...

बेमौसमी वर्षा : बाढी, पहिरो र डुवानमा परी ४८ को मृत्यु, ३१ बेपत्ता

गृह मन्त्रालयले अविरल वर्षाका कारण आएको बाढी, पहिरो तथा डुवानमा परी ४८ जनाको मृत्यु भएको जनाएको छ। बुधबार मध्यान्ह १२ बजेसम्मको विवरणअनुसार देशभर गरी ४८ को मृत्यु भएको र ३१...

बाढी, पहिरो र डुबानमा परी ३४ जनाको मृत्यु

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानमा परी गत जेठ ३० यता ३४ जनाको मृत्यु भएको छ । अन्य २४ बेपत्ता रहेका र ४४ जना घाइते भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । मृत्यु हुनेमा १९ पुरुष, नौ महिला र ६ बालबालिका रहेका छन् ।ती मध्ये सिन्धुपाल्चोकमा पाँच, डोटीमा चार, रोल्पामा तीन, चितवन, तनहुँ, प्युठान र रौतहटमा दुई÷दुई तथा ललितपुर, सप्तरी, काभ्रे, सिन्धुली, गोरखा, जुम्ला, अर्घाखाँची, दाङ, पाल्पा, कास्की, कालिकोट, पाँचथर, बझाङ र बाजुरामा एक÷एक जना रहेका प्रहरी

एक सातामा बाढी, पहिरो र डुबानमा परी १७ जनाको मृत्यु, २२ जना बेपत्ता

काठमाडौं। अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानमा परी पछिल्लो एक सातामा १७ जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार मृत्यु हुनेहरूमा १० जना पुरुष, ४ जना महिला, २ जना बालक र १ जना बालिका रहेका छन्। बाढी, पहिरो र डुबानमा परी २२ जना बेपत्ता भएका छन् भने १७ जना घाइते भएका छन्।

पछिल्लो चौबिस घण्टामा बाढी–पहिरो र अविरल वर्षाका घटनामा २८ जना बेपत्ता

काठमाडौं। बितेको चौबिस घण्टामा देशभर बाढी, पहिरो र अविरल वर्षाका घटनामा परी २८ जना बेपत्ता भएका छन्। ती घटनाले २ करोड ३० लाख ५५ हजार रुपैयाँ बराबरको आर्थिक क्षति गरेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार सिन्धुपाल्चोकमा १६, जाजरकोटमा ७ र बाजुरा, गोरखा, प्युठान, काभ्रे र अर्घाखाँचीमा एक–एक जना बेपत्ता भएका छन्।