युक्रेनमाथि रुसी आक्रमण लगभग निश्चित भएको अमेरिकी दाबीपछि विभिन्न देशहरूले आफ्ना नागरिकहरूलाई युक्रेन छाड्न आग्रह गरेका छन् । अमेरिका, क्यानडा, बेलायत, जर्मनी, अस्ट्रेलिया, इटाली, नेदरल्यान्ड्स, लात्भिया, जापान, दक्षिण कोरिया, इजरायल र इराकले आफ्ना नागरिकहरूलाई युक्रेन छाड्न भनेका छन् । केहीले कूटनीतिक निकायका कर्मचारी अनि तिनका परिवारलाई फिर्ता लगिसकेका छन् ।