अस्पतालमा बेड अभाव भएपछि बरण्डाको भूइँमै राखेर करोना संक्रमितको उपचार

वैशाख १८, दाङ । दाङमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि कोरोना संक्रमितलाई उपचारका लागि अस्पतालहरुमा बेड अभाव भएको छ । कोरोना संक्रमितको चाप बढ्दै गएपछि जिल्लाको एक मात्र कोरोना विशेष अस्पताल बेल्झण्डीमा अस्पतालको बरण्डा कोलिया र भूइँमै राखेर उपचार गर्न थालिएको छ । कोरोना संक्रमितलाई उपचार गर्ने गरी स्थापना भएको प्रदेश स्तरीय कोरोना विशेष अस्पताल बेलझुण्डीमा अहिले क्षमताभन्दा बढी बिरामी छन् । २५ जना बिरामी उपचारको क्षमता भएको उक्त अस्पतालमा हाल ४२ जना कोरोना संक्रमितको उपचार भइरहेको अस्पताल व्यवस्थापक दोर्ण बहादुर ओलीले बताए ।  ‘अस्पतालमा सबै बिरामीलाई बेड छैन, अस्पतालका कोलिया, बरण्डामा राखेर पनि उपचार भइरहेको छ‘, उनले भने । अस्पतालको क्षमताभन्दा बढी बिरामी आएपछि उपचारका लागि बेड अभाव हुँदा चिसो भूइँमा राखेर उपचार गरिरहेको व्यवस्थापक ओलीको भनाइ छ । अस्पतालको बराण्डामा अहिले ६ जना बिरामीहरुको उपचार भइरहेको छ । यसैगरी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि क्षमताभन्दा बढी कोरोनाका बिरामी राखेर उपचार गर्न वाध्यता छ । शुक्रवार मात्रै दाङमा २२९ जनामा कोरोना पुष्टि भएको छ । हालसम्म जिल्लाका एक हजार तीन सय ६६ कोरोनाका सक्रिय विरामी रहेका छन् । तुलसीपुरमा अक्सिजनसहितको ५० बेडको आइसोलेसन सेन्टर बन्दै कोरोना संक्रमितको संख्या बढ्दै गएपछि दाङको तुलसीपुर उपमहानगरपालिकाले तुलसीपुरमा अक्सिजनसहितको ५० बेडको कोरोना आइसोलेशन सेन्टर निर्माण गर्दैछ ।  तुलसीपुरस्थित भिमसेन शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र (मेट्रो हस्पिटल) मा निर्माण गरिन लागिएकोे उक्त आइसोलेशन सेन्टरको काम अन्तिम चरणमा पुगेको उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख ओमपी न्यौपानेले जानकारी दिएका छन् । अबको दुई/तीन दिनभित्र आइसोलेशन सेन्टर सञ्चालनमा आउने न्यौपानेले बताए । अहिले विद्युत्, धारा जडान, वाइरिङ, डाक्टर तथा नर्सका लागि आवास, चेन्जिङ रुम र शौचालयको निर्माण कार्य सम्पन्न भइसकेको छ ।  आइसोलेशन सेन्टर सञ्चालनमा आएपछि जिल्लाका कोरोना संक्रमितको उपचारका लागि सहज हुने उपमहानगरपालिकाले बताएको छ ।

सम्बन्धित सामग्री

डेंगीको विरामीले भरिएपछि धादिङ अस्पतालमा बेड अभाव

धादिङ । धादिङ अस्पतालमा डेंगीका विरामीले बेड भरिएको छ । धादिङमा मंगलबार ३८ जना डेंगी पोजेटिभ देखिएपछि भरिभराउ भएको धादिङ अस्पतालमा विरामीलाई राख्ने ठाउँ समेत नभएपछि भर्नागर्नुपर्ने विरामीलाई समेत घर पठाइएको छ । मंगलबार डेंगी पोजेटिभ भएका र १०३ डिग्री भन्दा बढी ज्वारो आएका केदार अधिकारीलाई अस्पतालले बेड अभाव भनेर घरमै बस्न पठाएको उपचारमा अस्पताल […]

सर्वोच्चको आदेश : बेड नपुगे अस्थायी व्यवस्था गरेर संक्रमितको उपचार गर

४ जेठ, काठमाडौं । सर्वोच्च अदालतले बेड अभाव भए अस्थायी व्यवस्था गरेर भए पनि कोरोना संक्रमितको उपचार गर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश दीपककुमार कार्कीको एकल इजलासले बेड अभाव भए कुनै खाली स्थान वा भवनमा अस्थायी उपचार केन्द्रको व्यवस्था गरी उपचार गर्न अन्तरिम आदेश दिएको हो । अधिवक्ता कीर्तिनाथ शर्मा पौडेलले […]

पर्वत अस्पतालमा बेड अभाव स्थानीय तहले सहयोग गरेनन्

दुर्गाप्रसाद शर्मा, पर्वत कोभिड–१९ बाट संक्रमितका लागि उपचार गर्न पर्वत अस्पतालमा बेड अभाब भएको छ । पर्वत अस्पतालले सञ्चालन गरेको कोभिड उपचार कक्ष (आइसोलेसन) का बेड बिरामीले भरिएपछि थप बिरामी राख्न बेड अभाव भएको हो ।पर्वत अस्पतालले १० बेड क्षमताको आइसोलेसन सञ्चालन गरिरहेको छ । तर अहिले ११ जना बिरामीको उपचार भइरहेको अस्पताल व्यवस्थापन समितिले […]

‘बेड अभाव भन्नु सरकारको लाचारी’

काठमाडौं, बैशाख १९ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले कोरोना भाइरसका बिरामीको उपचारका लागि अस्पतालमा शय्या नभएको भनी सरकारले दिएको सार्वजनिक अभिव्यक्तिको निन्दा गरेको छ। संकटका बेला राज्यले नागरिकलाई ढाडस दिनुको साटो लाचारी प्रकट गरेको कांग्रेसको आरोप छ। उसले सरकारको यस्तो अभिव्यक्तिलाई लज्जाको पराकाष्ट भनेको छ। कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले शनिबार जारी गरेको विज्ञप्तिमा स्थितिको संवेदनशीलता […]

अस्पतालमा बेड अभाव‚ आइसोलेसन निर्माणमा जुटे दाङका स्थानीय तह

दाङ : कोरोना विशेष अस्पताल बेलझुण्डीमा बेड अभाव हुँदै गएपछि दाङका स्थानीय तहहरूले अक्सिजनसहितको आइसोलेसन निर्माण थालेका छन्। २५ बेडको कोरोना विशेष अस्पतालमा अहिले ४२ बेड सञ्चालन छ।  तीमध्य ५ वटा आइसियु र अन्य एचडियु हुन्।दाङमा दैनिक २०० जनाको हाराहारीमा संक्रमित थपिँदै गएका छन्। तीमध्ये गम्भीर प्रकृतिका बिरामीलाई अस्पतालमा भर्ना गरिएको छ। संक्रमितहरूमध्ये केही बेलझुण्डी र केहीलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको छ।सबैभन्दा बढी संक्रमित तुलसीपुर उपमहानगरपालिका र घोराही उपमह

संक्रमण उच्च भएका स्थानमा मेडिकल इमरजेन्सी लागू गर्न चिकित्सक संघको माग

नेपाल चिकित्सक संघले अस्पतालहरुमा अक्सिजन, हाइडिपेन्डेन्सी युनिट र बेड अभाव हुन नदिन तत्काल कार्यक्रम बनाइ कार्यान्वयन गर्न सरकारलाई सुझाव दिएको छ

उपत्यकामा संक्रमितले भरिँदै अस्पताल, आइसियू र भेन्टिलेटर चाहिनेलाई छैन ठाउँ!

उनीहरूले सामान्य अक्सिजन चाहिने बिरामीका लागि ठाउँ भए पनि आइसियू चाहिने जटिल अवस्थाका संक्रमितका लागि भने बेड अभाव रहेको जनाएका छन्।

अस्पतालमा बेड अभाव भएपछि भुइँमा राखेर उपचार

काठमान्डाैं / कोरोना भाइरस संक्रमण दिनदिनै तीव्र गतिमा फैलिरहेको छ। देशभर पछिल्लो २४ घण्टामा बिहीबार २ हजार ४ सय २८ संक्रमित थपिँदा २ सय ५२ जना मात्रै निको भएका छन्। सक्रिय संक्रमितको संख्या १२ हजार ६ सय ९० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। तर, कोरोनाको दोस्रो लहरको सुरुआतमै संक्रमितको उपचारमा समस्या देखिन थालेको... The post अस्पतालमा बेड अभाव भएपछि भुइँमा राखेर उपचार appeared first on Purbeli News.

अस्पतालमा बेड अभाव भएपछि भुइँमा राखेर उपचार

कोरोना भाइरस संक्रमण दिनदिनै तीव्र गतिमा फैलिरहेको छ। देशभर पछिल्लो २४ घण्टामा बिहीबार २ हजार ४ सय २८ संक्रमित थपिँदा २ सय ५२ जना मात्रै निको भएका छन्। सक्रिय संक्रमितको संख्या १२ हजार ६ सय ९० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। तर, कोरोनाको दोस्रो लहरको सुरुआतमै संक्रमितको उपचारमा समस्या देखिन थालेको छ। कोरोना विशेष अस्पतालमा बेड अभाव हुन थालेको छ। दाङको बेलझुन्डीस्थित लुम्बिनी प्रदेशस्तरीय कोरोना विशेष अस्पतालमा बेड अभाव हुँदा कतिपय बिरामी भुइँमा बसेर उपचाररत छन्। यहाँ भएक

दाङको कोरोना अस्पतालमा बेड अभाव

दाङ :  दाङको  बेलझुण्डीमा रहेको कोरोना विशेष अस्पतालमा बेड अभाव हुन थालेको छ। पछिल्लो समय जिल्लाका कोरोना संक्रमित बढ्दै गएपछि बेड अभाव भएको हहो।२५ जनाको क्षमता भएको अस्पतालमा बेडको अभाव भएको अस्पतालका व्यवस्थापक दोर्ण वलीले बताए। उनका अनुसार अहिले अस्पतालमा २६ जना कोरोना संक्रमित छन्। तीमध्ये पाँचजना आइसियु र २१ जना एचडियु बेडमा छन्।नेपाल संस्कृत विश्वविद्यालयको भवनमा कोरोना विषेश अस्पताल छ। उक्त भवनको तेस्रो तलमा आयुर्वेद अस्पताल र दोस्रो तलमा आयुर्वेद चिकित्साशास्त्रको बिएएमएस तहका