धनगढी । डोटीमा नेपाली कांग्रेसले गठबन्धनका उमेदवारलाई भोट नहाल्ने निर्णय गरेको छ । मंगलबार सदरमुकाम दिपायल सिलगढीमा बसेको डोटीका ९ वटै स्थानीय तहका सभापतिहरूको बैठकले गठबन्धनका उमेदवारलाई भोट नहाल्ने निर्णय गरेको हो ।
गएको स्थानीय तहको निर्वाचनको परिणामले पनि डोटीमा गठबन्धन गर्न आवश्यक नरहेको देखाएको उनीहरूको तर्क छ ।
"डोटीमा गठबन्धन गर्ने कांग्रेस केन्द्रीय समितिको निर्णय मान्दैनौँ ।...