सातौं दक्षिण एसियाली कराते : नेपालले जित्यो १२ स्वर्ण

नेपाली खेलाडीले सातौं दक्षिण एसियाली कराते च्याम्पियनसिपको पहिलो दिनै शनिबार १२ स्वर्ण पदक जितेका छन् । त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा शनिबार २९ स्वर्णको टुंगो लाग्दा भारतले १५ स्वर्ण, श्रीलंका (एनओसी टिम) र बंगलादेशले १–१ स्वर्ण जितेका छन् ।

सम्बन्धित सामग्री

करातेका सारथि

पछिल्लो ६ महिनामा नेपाली करातेले एकपछि अर्को सफलता चुमेको छ । गत असोजयता चार ठूला अन्तर्राष्ट्रिय प्रतियोगितामा जितेका पदक नेपाली करातेका लागि ऐतिहासिक सफलता हो । यस अवधिमा नेपाली करातले १९ औं एसियाली खेलकुदको रजत, १० औं सितोरियो कराते वर्ल्ड च्याम्पियनसिप (जकार्ता) मा १ स्वर्ण, ३ रजत र ५ कांस्य, यूएसए ओपन तथा जुनियर इन्टरनेसनल कराते च्याम्पियनसिपमा १/१ स्वर्ण र रजतका साथै सातौं दक्षिण एसियाली कराते च्याम्पियनसिपमा ३० स्वर्ण, २४ रजत र ७ कांस्य पदक भित्र्याइसकेको छ ।

करातेका तीन खेलाडी सम्मानित

हलेसी तुवाचुङ नगरपालिकाले सातौं दक्षिण एसियाली कराते प्रतियोगितामा पदक दिलाउने तीन खेलाडीलाई सम्मान गरेको छ ।

स्कुटर र नगदसहित कराते पदक विजेताको सम्मान

लैनचौर शाखा डोजोले आफ्ना पदक विजेता खेलाडीलाई स्कुटर र नगदसहित सम्मान गरेको छ । सातौं दक्षिण एसियाली कराते च्याम्पियनसिपका पदक विजेता चार खेलाडीलाई नगद र अन्य तीन खेलाडीलाई स्कुटरबाट सम्मान गरेको हो ।

रिनालाई चापागाउँ डोजोको सम्मान

काठमाडौं (हाम्रो खेलकुद)- चापागाउँ कराते डोजोले सातौं दक्षिण एसियाली कराते च्याम्पियनसिप टिम कातामा स्वर्ण पदक जितेकी रिना श्रेष्ठ नगद पुरस्कारसहित सम्मान गरेको छ । डोजोले उनलाई शनिबार सम्मान पत्रसहित २५ हजार रुपैयाँले सम्मान गरेको हो । दक्षिण एसियाली खेलकुद (साग) का दोहोरो स्वर्ण पदक विजेता एवम् नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले […] The post रिनालाई चापागाउँ डोजोको सम्मान first appeared on हाम्रो खेलकुद.

सातौं दक्षिण एसियाली कराँते च्याम्पियनसिप: नेपाललाई २१ स्वर्ण

सातौं दक्षिण एसियाली कराँते च्याम्पियनसिपमा २९ स्वर्ण, २६ रजत र ६ कास्य पदक प्राप्त गरी नेपाल शीर्षस्थानमा रहेको छ ।...

नेपाललाई २९ स्वर्ण

नेपाल सातौं दक्षिण एसियाली कराते च्याम्पियनसिपमा आइतबार सर्वाधिक २९ स्वर्ण पदक जित्दै शीर्ष स्थानमा रह्यो । नेपालले थप २६ रजत र ६ कांस्य पनि जित्यो ।

दक्षिण एसियाली कराते यसै महिना

नेपाल कराते महासंघले सातौं दक्षिण एसियाली कराते च्याम्पियनसिप मंसिर १६ देखि आयोजना गर्ने भएको छ । प्रतियोगितामा दक्षिण एसियाका ६ राष्ट्रको सहभागिता रहने शुक्रबार पत्रकार सम्मेलनमा नेपाल कराते महासंघका अध्यक्ष युवराज लामाले जानकारी गराए ।