कैलालीः हिमपातका कारण अवरुद्ध भीमदत्त राजमार्ग सञ्चालनमा आएको छ। सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्ला जोड्ने राजमार्ग बिहीबारबाट अवरुद्ध बनेको थियो।
राजमार्गमा भएको बाक्लो हिउँ पन्छाएपछि सडक सञ्चालनमा आएको प्रदेश ट्राफिक कार्यालय अत्तरियाले जननाएको छ। हिमपात रोकिएपछि शनिबार बिहानैदेखि स्थानीय तहका डोजर र नेपाली सेनाले हिउँ पन्छाउने काम गरेका थिए। दिनभरको…