बिहीवार रातिदेखि परेको अविरल वर्षाका कारण पहिरोेले भीमदत्त राजमार्ग अवरुद्ध भएको छ ।
कैलालीको चुरे गाउँपालिका–५ खानीडाँडामा सडक माथिबाट आएको पहिरोले सुदूरपश्चिम प्रदेशका पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार पहिरोले राजमार्ग अवरुद्ध भएपछि गन्तव्यका लागि छुटेका सवारी साधन खानीडाँडामै रोकिएका छन् ।
डोजरको सहायताले पहिरोे पन्छाउने काम भइरहेको प्रहरीले जनाएको छ ।