काठमाण्डाै - आज पनि देशका धेरै ठाउँमा पानी पर्ने मौसमविद्ले बताएका छन् । अहिले देशका धेरै ठाउँको मौसम सामान्यदेखि पूर्ण बद्ली छ ।
आज दिउँसोपछि काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा मेघगर्जनसहित पानी पर्ने सम्भावना रहेको मौसमविद् विष्णु घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार स्थानीय वायु, भारतको उत्तर प्रदेशदेखि पश्चिमी बङ्गालसम्म बनेको न्यून चापीय प्रणाली तथा पश्चिमी वायुको प्रभावका कारण पानी पर्ने सम्भावना छ ।
मेघगर्जन र चट्याङ्गसहित पानी पर्ने भएकाले सावधानी अपनाउन मौसमविद्को सुझाव छ । यस्तै, केही दिनयता मौसम बद्...