काठमाण्डाै - आज बेलुका पनि पहाडी क्षेत्रमा मेघगर्जनसहित पानी पर्ने मौसमविद्ले बताएका छन् ।
मौसमविद् समिर श्रेष्ठकाअनुसार पश्चिमी न्यून चापीय प्रणालीकै असरका कारण हिजो जस्तै आज बेलुका पनि पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङ्गसहित पानी पर्ने सम्भावना छ ।
यो प्रणालीको प्रभाव भोलि भने हट्ने छ । तर, पर्सि फेरि पानी पार्ने अर्को प्रणाली भित्रने सम्भावना रहेकाले पर्सि बुधवार र बिहीवार धेरै ठाउँमा पानी पर्ने मौसमविद् समिर श्रेष्ठले जानकारी दिनुभयो । उहाँकाअनुसार तराईका जिल्ला बाहेक अन्य क्षेत्रमा पर्सि बुध...