लाइसेन्सको अनलाइन फारम अनिश्चितकालका लागि बन्द

सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को अनलाइन फारम प्रणाली अनिश्चितकालका लागि बन्द गरिने भएको छ

सम्बन्धित सामग्री

पर्सा र बारामा राष्ट्रिय परिचयपत्र र ई-पासपोर्टको अनलाइन फारम पालिकाबाट नै भरिने

वीरगञ्ज- मधेस प्रदेशका पर्सा र बारा जिल्लामा राष्ट्रिय परिचयपत्र र ई-पासपोर्टको अनलाइन फारम पालिकाबाट नै भरिने व्यवस्था गरिएको छ। दुबै जिल्लाका जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै अबदेखि सम्बन्धित पालिकाबाट नै राष्ट्रिय परिचयपत्र र ई-पासपोर्टको अनलाइन फारम भर्ने व्यवस्था गरिएको जनाएका छन्। पर्सामा रहेको १४ वटै पालिकामा राष्ट्रिय परिचयपत्र र ई-पासपोर्टको अनलाइन फारम भर्नको लागि […]

राहदानीका लागि अनलाइन फारम भर्दा चर्को शुल्क लिने तीन जना पक्राउ

कञ्चनपुरमा राहदानीको अनलाईन फारम भर्ने क्रममा ठगी गर्ने तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । राहदानीका लागि अनलाइन फारम भर्ने क्रममा चाँडै पालो मिलाइदिने भन्दै सेवाग्राहीबाट बढी रकम लिएको आरोपमा उनीहरुलाई बुधबार जिल्ला प्रशासन कार्यालयको गेटबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।पक्राउ पर्नेमा रेम्बो फोटो स्टूडियोका सञ्चालक केशवराज जोशी, हार्दिक फोटो स्टूडियोका विरबहादुर धामी र देवराज जोशी छन् । उनीहरुले अनलाईन फारम भरेबापत सेवाग्राहीसँग एक हजारदेखि तीन हजार रुपैयाँसम्म लिएको पाइएको कञ्चनपुरक

प्राविधिक समस्यापछि चालक अनुमतिपत्रको अनलाइन फारम पुनः अवरुद्ध

चालक अनुमतिपत्रको अनलाइन फारम सुरु भएको केही दिनमा नै प्राविधिक कारणले गर्दा अवरुद्ध भएको छ । कात्तिक ८ गते चालक अनुमतिपत्रको अनलाइन आवेदन खुलाइएको भए पनि १० गते नै समस्याका कारण स्थगित भएको विभागले जनाएको छ । सफ्टवेयरमा समस्या आएपछि अहिले प्राविधिकले मर्मत गरिरहेको विभागका प्रवक्ता डा लोकनाथ भुषालले बताए । जतिसक्दो चाँडो त्यसको समस्या समाधान गरेर सेवा चालू गर्न खोजिएको उनले बताए । उनले भने, “हामीले जतिसक्दो चाँडो भनेका छौँ कति दिन लाग्छ भन्न सकिँदैन ।”अनुमतिपत्रका लागि आवेदन गर्दा न

लाइसेन्सको अनलाइन फारम अनिश्चितकालका लागि बन्द

सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को अनलाइन फारम अनिश्चितकालका लागि बन्द भएको छ ।  अनलाइन प्रणालीमा बिहीबार दिउँसोदेखि प्राविधिक समस्या देखिएकाले सोको मर्मतका लागि सेवा बन्द गरिएको यातायात व्यवस्था विभागले जनाएको छ ।यसबाट सेवाग्राहीलाई पर्न जाने असुविधाका लागि विभागले क्षमा समेत मागेको छ ।  लामो समयदेखि बन्द रहँदै आएको लाइसेन्सको आवेदन गत मंगलबारबाट मात्र खुल्ला भएको हो । ढिलागरी खुलेको पोर्टलमा एकैपटक आवेदकको चाप पर्दा समस्या आएको विभागले जनाएको छ ।

डीएम एमसीएचको एकीकृत प्रवेश परीक्षाका लागि आजदेखि अनलाइन फारम खुला

आयोगले आज (१ कात्तिक) विहान १० बजे देखि १७ कात्तिक अपरान्ह ५ बजेसम्म अनलाइन फारम भर्न सकिने जनाएको छ।

‘अनलाइन फारम नभरेकै कारण कोही खोपबाट वञ्चित हुँदैनन्’

काठमाण्डाै - सरकारले अनलाइन फारम भर्न नपाएकै कारण कोही व्यक्ति खोप लगाउनबाट वञ्चित नहुने जनाएको छ । अब कोरोना विरुद्धको खोपका लागि अनलाइनमार्फत फारम भर्नु पर्ने नियम बनाएको सरकारले फाराम नभरेकै आधारमा खोपबाट वञ्चित भने हुनु नपर्ने जनाएको हो । खोप लगाउने र खोप लगाइसके पछि प्रमाणपत्र लिनेहरुको भीड बढेपछि अहिले अनलाइन दर्ताको व्यवस्था गरिएको हो । स्वास्थ्य आपत्कालीन तथा विपद् व्यवस्थापन इकाईले देशभरको सबै स्वास्थ्य कार्यालयलाई  पत्र पठाउँदै गएको १ गतेदेखि अनलाइन दर्ताको व्यवस्था मिलाउन भनेको हो । यो झन्झटिलो प्रक्रिया...

लाइसेन्सको अनलाइन फारम अब अनलिमिटेड

यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को शुक्रबारदेखि अनलिमिटेड अनलाइन आवेदन फारम खुलाउने भएको छ। विभागका प्रवक्ता लोकनाथ भुसालले शुक्रबारदेखि अनलाइन सिस्टममा परिवर्तन गर्दै माघ ९ गतेदेखि अनलिमिटेड अनलाइन फारम भर्न सकिने व्यवस्था गरेको बताए। विभागले गत चैतदेखि ठप्प भएको सवारी चालक अनुमतिपत्रको लिखित तथा प्रयोगात्मक परीक्षा गत पुस १४ देखि सञ्चालन गर्ने निर्णय गरेको थियो। नागरिकमा खबर छ  ।

लाइसेन्स अनलाइन फारम भर्नेको कार्यालय ‘भिजिट डेट’ सर्यो

गत पुस २८ गते सवारी चालक अनुमती पत्र (लाइसेन्स)को अनलाइन फारम भरेकाहरुको ‘भिजिट डेट’ (कार्यालय जाने दिन) सरेको छ।

सवारी लाइसेन्सको अनलाइन फारम बन्द

सवारीसाधन अनुमतिपत्रका लागि भर्नुपर्ने अनलाइन फारम बन्द भएको छ । यातायात व्यवस्था विभागले सोमबार सार्वजनिक सूचना निकाल्दै आज एक दिनका लागि फारम बन्द गरिएको जनाएको हो

लाइसेन्सका लागि अनलाइन फारम कसरी भर्ने ?

काठमाण्डौ - नौ महिनापछि सवारी चालक अनुमतिपत्र (लाइसेन्स) का लागि अनलाइन फारम खुला भएसँगै आवेदन दिनेको चाप छ । लामो समयपछि फारम खुलेकाले आवेदन दिनेको चाप भएकाले अनलाइन साइट नखुल्ने समस्या देखिएको र समस्या समाधानको प्रयास पनि भइरहेको यातायात व्यवस्था कार्यालयले जनाएको छ । अहिलेलाई दैनिक कोटा तोकेर आवेदन लिन थालिएको यातायात व्यवस्था विभागका निर्देशक एवम् सूचना अधिकारी डाक्टर लोकनाथ भुसालले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले मोटरसाइकलमा दैनिक एक सय, स्कुटर र चार पाङ्ग्रे गाडीमा ५०/५० गरी कुल दुई सय जनाले ...