काठमाण्डौ - नौ महिनापछि सवारी चालक अनुमतिपत्र (लाइसेन्स) का लागि अनलाइन फारम खुला भएसँगै आवेदन दिनेको चाप छ ।
लामो समयपछि फारम खुलेकाले आवेदन दिनेको चाप भएकाले अनलाइन साइट नखुल्ने समस्या देखिएको र समस्या समाधानको प्रयास पनि भइरहेको यातायात व्यवस्था कार्यालयले जनाएको छ ।
अहिलेलाई दैनिक कोटा तोकेर आवेदन लिन थालिएको यातायात व्यवस्था विभागका निर्देशक एवम् सूचना अधिकारी डाक्टर लोकनाथ भुसालले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले मोटरसाइकलमा दैनिक एक सय, स्कुटर र चार पाङ्ग्रे गाडीमा ५०/५० गरी कुल दुई सय जनाले ...