काठमाण्डाै - सरकारले अनलाइन फारम भर्न नपाएकै कारण कोही व्यक्ति खोप लगाउनबाट वञ्चित नहुने जनाएको छ । अब कोरोना विरुद्धको खोपका लागि अनलाइनमार्फत फारम भर्नु पर्ने नियम बनाएको सरकारले फाराम नभरेकै आधारमा खोपबाट वञ्चित भने हुनु नपर्ने जनाएको हो ।
खोप लगाउने र खोप लगाइसके पछि प्रमाणपत्र लिनेहरुको भीड बढेपछि अहिले अनलाइन दर्ताको व्यवस्था गरिएको हो । स्वास्थ्य आपत्कालीन तथा विपद् व्यवस्थापन इकाईले देशभरको सबै स्वास्थ्य कार्यालयलाई पत्र पठाउँदै गएको १ गतेदेखि अनलाइन दर्ताको व्यवस्था मिलाउन भनेको हो ।
यो झन्झटिलो प्रक्रिया...