धान र मकैको बिउ वितरण

भेरी नगरपालिकाले धान र मकैको बिउ वितरण गरेको छ । कृषि पेसाबाट आत्मनिर्भर किसानलाई अनुदानमा धान र मकैको बिउ वितरण गर्न थालेको हो ।

सम्बन्धित सामग्री

रैथाने बाली सङ्कटमा

जिल्लाको भगवतीमाई गाउँपालिका–२ का ६३ वर्षीय प्रभाखर जैसीले आफ्नो बारीमा स्थानीय जातको मकैको बिउ लगाउँदा तीन मुरी उत्पादन हुन्थ्यो ।

तिस हजार केजी बिउ उत्पादन

स्याङ्जा जिल्लामा ३० हजार ५९४ केजी उन्नत मकैको बिउ उत्पादन भएको छ । यहाँका १० समूहका कृषकले बिउबिजन प्रयोगशाला पोखराबाट स्वीकृति लिएर मकैको बिउ उत्पादन गरेका हुन् । यहाँ सबैभन्दा धेरै फेदीखोला गाउँपालिकाका जैसीडाँडा आमा समूह १७ हजार ५८ केजी, राममन्दिर कृषक समूह ९१२ केजी र सहयात्रा कृषि सहकारीले २० हजार ४७० केजी बिउ उत्पादन गरेका हुन् ।

तीन हजार किलाे मकैको बिउ उत्पादन

स्याङ्जामा ३० हजार ५९४ किलाे उन्नत मकैको बिउ उत्पादन गरिएको छ । यहाँका १० समूहका कृषकले बीउँबिजन प्रयोगशाला पोखराबाट स्विकृति लिएर मकैको बिउँ उत्पादन गरेका हुन् ।

विराटनगर महानगरद्वारा कृषकलाई ५० प्रतिशत अनुदानमा उन्नत जातको बिउ वितरण

मोरङ – विराटनगर महानगरपालिकाले कृषक समूहलाई ५० प्रतिशत अनुदानमा उन्नत जातको गहुँ र मकैको बिउ वितरण गरेको छ। महानगरमा सोमबार आयोजित एक कार्यक्रममा सशर्त कार्यक्रमअन्तर्गत कृषक समूहका अध्यक्ष र प्रतिनिधिलाई बीउ वितरण गरिएको हो। बीउ वितरण गर्दै महानगरका मेयर नागेश कोइरालाले कृषक र बाली उत्पादनमा महानगरको साथ सदैव रहने बताए। १४ हजार ६ सय किलोग्राम […]

अनुदानमा पाएको मकैको बिउ उम्रिएन

झापा, १५ चैत । मेचीनगर नगरपालिकाले किसानलाई अनुदानमा वितरण गरेको मकैको बीउ नउम्रिएपछि किसान आक्रोशित बनेका छन् । पालिकाको कृषि शाखाले १५ दिनअघि ११ टन रामपुर कम्पोजिट जातको मकैको बिउ नगरका १५ वटै वटाका किसानलाई ५० प्रतिशत अनुदानमा वितरण गरेको थियो । मेचीनगर नगरपालिकाका कृषि शाखा प्रमुख टेकेन्द्र प्रधानले एकाध किसान मकैको बिउ नम्रिएको गुनासो […]

कृषकलाई अनुदानमा मकैको बिउ वितरण

मोरङ – विराटनगर महानगरपालिकाले कृषकलाई अनुदानमा मकैको बिउ जिंक वितरण गरेको छ। महानगरको कृषि शाखाले आइतबार एक कार्यक्रम गरी महानगर क्षेत्रभित्रका कृषक समूह र सहकारी कृषि फर्मलाई ५० प्रतिशत अनुदानमा बिउ वितरण गरेको हो। यस क्रममा कृषकलाई हाइब्रिड मकैको बिउ र जिंक वितरण गरेको हो। कार्यक्रममा महानगरका मेयर नागेश कोइरालाले अव्यवस्थित सहरीकरणका कारण खेतीयोग्य जमिन […]

म्याग्दीका किसानलाई अनुदानमा उन्नत जातको मकैको बिउ वितरण

म्याग्दी – खाद्यान्न बालीको सुरक्षा र उत्पादन वृद्धि गर्नका लागि म्याग्दीका किसानहरुलाई उन्नत जातको मकैको बिउ वितरण गरिएकाे छ। किसानलाई पालिकामार्फत ५० प्रतिशत अनुदानमा मकैको बिउ वितरण गरिएको हो ।  चालु आर्थिक वर्ष २०७८/७९ को ससर्त खाद्यान्न बाली उन्नत बिउ उपयोगमा मूल्य अनुदान कार्यक्रमअन्तर्गत किसानहरुलाई अनुदानमा मकैको बिउ वितरण गरिएको पालिकाले जनाएका छन् । ग्रामीण भेगका किसान, कृषक समूह र कृषि सहकारी सङ्घसंस्थाको मागअनुसार  मकैको बिउ वितरण गरिएको छ ।  छ वटा पालिका रहेको म्याग्दीमा यसवर्ष बेनी ...

बराहपोखरीका किसानलाई निःशुल्क उन्नत जातको मकैको बीउ वितरण

खोटाङको बराहपोखरी गाउँपालिकाले किसानलाई निःशुल्क उन्नत जातको मकैको बीउ वितरण गरेको छ । गाउँपालिका भरिका करिब २६ सय किसानलाई उन्नतजातको मकैको बिउ निःशुल्क वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।परम्परागत खेती प्रणालीलाई विस्थापित गर्दै उत्पादन वृद्धि गर्ने उद्देश्यले मकैको बिउ वितरण गरिएको गाउँपालिकाका कृषिशाखा प्रमुख द्रोणराज रेग्मीले जानकारी दिए । मकै छर्ने सिजन सुरु भएसँगै लेकाली […]

गोरखामा मकैको बिउ उत्पादन

गोरखाका किसानले जिल्लामै उत्पादन भएको मकैको बिउ रोप्न पाउने भएका छन् । गोरखामा पहिलो पटक मकैको बिउ उत्पादन गरिएकाले जिल्लाका किसानले स्थानीय स्तरमै बिउ पाउने कृषि ज्ञानकेन्द्र गोरखाले जनाएको छ । कृषि ज्ञानकेन्द्र गोरखाको प्राविधिक सहयोगमा ६ पालिकाका कृषि समूह तथा सहकारीले अरुण २ र रामपुर कम्पोजिट जातको ३ सय मेट्रिक टन मकैको बिउ उत्पादन […]

दाना नलागेपछि मकैका बाेट फाँड्दै झापाका किसान

झापा गौरादह–५ का किसान बुद्ध फुँयालले एक बिघा क्षेत्रफलमा सुपरटान्स नामक हाइब्रिड जातको मकैको बिउ लगाए