चीनको दक्षिण पश्चिमी प्रान्त सिचुवानमा शक्तिशाली भूकम्प गएको छ।
सोमबार बिहान सिचुवानको पश्चिमी क्षेत्रमा ६.२ म्याग्निच्युडको भूकम्प गएको समाचार संस्था रोयटर्सले जनाएको छ। भूकम्पबाट भएको क्षतिको विवरण भने आउन बाँकी छ।
सिचुवानमा गत ...
एजेन्सी – मेक्सिकोमा शक्तिशाली भूकम्प गएको छ । समाचार एजेन्सी राेयटर्सका अनुसार उक्त भूकम्प गएराति ६:५ मा गएकाे हाे । राष्ट्रिय भूकम्प मापन निकायले ७.४ रेक्टर स्केलको भूकम्प गएको छ भने अमेरिकी भूगर्भ सर्वेक्षणले ७.६ रेक्टर स्केलको अनुमान गरेको छ । उक्त भूकम्पबाट कम्तीमा एक जनाकाे मृत्यु भएकाे र धेरैँ मात्रामा भाैतिक क्षति भएकाे रोयटर्सले […]
एजेन्सी – फिलिपिन्समा शक्तिशाली भूकम्प गएको छ। फिलिपिन्सको लुजोन टापुमा बुधबार ७ दशमलब १ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ। भकम्पले उत्तरी प्रान्तमा रहेको अस्पताल र भवनहरूलाई नराम्ररी क्षति पुर्याएको छ। भूकम्पको धक्का राजधानी मनिलासम्म महसुस गरिएको थियो। भूकम्पले पुर्याएको क्षतिको विवरण सार्वजनिक भइसकेको छैन्। भूकम्पले हल्लाउने वित्तिकै मानिसहरू घरबाट बाहिर निस्किएर […]
जापानमा बुधबार शक्तिशाली भूकम्प गएको छ । जापानको राजधानी टोकियोदेखि २९७ किलोमिटर उत्तरपूर्व केन्द्रबिन्दु भएर भूकम्प गएको हो । ७.१ रिक्टर स्केल मापन गरिएको भूकम्प स्थानीय समयअनुसार राति ८ बजेर ६ मिनेटमा गएको राष्ट्रिय भूगर्भ विभागले जनाएको छ ।
इन्डोनेसियामा बिहीवार शक्तिशाली भूकम्प गएको छ । देशको पूर्वी प्रान्त पपुवा बारातमा बिहीबार सबैरै भूकम्प गएको हो । त्यहाँको भूकम्प सम्बन्धी निकायले ६.१ म्याग्नेच्यूडको भूकम्प गएको जनाएको छ ।ठूलो भूकम्प आएपनि आँधीको खतरा भने नरहेको अधिकारीहरुले जनाएका छन । भूकम्पपछि कुनै क्षतिको विवरण पनि नआएको उनीहरुको भनाई छ । स्थानीय समयानुसार विहिबार बिहान ८ः ४५ बजेतिर भूकम्प गएको हो । –सिन्ह्वा
जापानमा बुधबार शक्तिशाली भूकम्प आएको छ । जापान भूगर्भ विभागले दिएको जानकारी अनुसार ६.१ म्याग्नीच्युडको भूकम्प आएको हो । जापानको सामुद्रिक क्षेत्रमा केन्द्रविन्दु भएर भूकम्प आएकाले मानवीय क्षति भने हुन नपाएको अधिकारीले जनाएका छन् ।स्थानीय समयअनुसार बेलुका ५.३७ बजे भूकम्प आएको विभागले जानकारी दिएको छ । भूकम्प आएपनि आँधीको सम्भावना भने नदेखिएको अधिकारीले जनाएका छन् ।
जापानमा शनिबार शक्तिशाली भूकम्प गएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमअनुसार राजधानी टोकियो नजिकै केन्द्रबिन्दु भएर ७ रिक्टरस्केलको भूकम्प गएको हो ।
समाचारअनुसार भूकम्पको केन्द्रबिन्दु ३०६ उत्तरपूर्व रहेको छ । हालसम्म क्षतिको विवरण भने प्राप्त भएको छैन ।