यती डिस्टिलरी प्रालिका उत्पादनहरुले मदिराको विश्वस्तरीय प्रतिस्पर्धामा दुईवटा अन्तर्राष्ट्रिय मेडल प्राप्त गरेका छन् । यतीका उत्पादनहरु ८८४८ भोडका र वल्ड दरबार ब्ल्याक चिम्नी ह्विस्कीले सान फ्रान्सिस्को वर्ल्ड स्पिरिट कम्पिटिसन (एसएफडब्लुएससी) २०२२ मा गोल्ड र डबल गोल्ड मेडल जितेका हुन् । उक्त प्रतिस्पर्धामा विश्वभरका पाँच हजार मदिरा ब्रान्डबीच प्रतिस्पर्धा भएको थियो। मदिरा पारखीमाझ लोकप्रिय ८८४८ भोड्काले गोल्ड मेडल र अर्को लोकप्रिय उत्पादन वल्ड दरबार ब्ल्याक चिम्नी ब्लेन्डेड रिजर्भ ह्विस्की