मिर्गौला प्रत्यारोपणको चुनौती कायमै : आफन्त दाता भएनन् भने के गर्ने ?

काठमाडौं । पाटन उच्च अदालतको आदेशपछि यही असार १७ गते ललितपुरको मेडिकल कलेजमा एक महिलाको मिर्गौला प्रत्यारोपण गरियो ।  एउटै कोखबाट जन्मिएका भाइले दिदीलाई मिर्गौला दिन खोज्दा नागरिकतामा भाइ २३ दिनले जेठो देखिएपछि  ती महिलाको प्रत्यारोपण प्रक्रियामा अवरोध आएको थियो ।  काठमाडौं साँखुकी ती महिलाले जन्म मिति सच्याउन प्रमाणसहित जिल्ला प्रशासन कार्यालय...

सम्बन्धित सामग्री

सामाजिक घृणाको डरले ढिलो उपचार

अहिले पनि समाजमा आफन्त र छिमेकीको घृणित व्यवहारका कारण रोग लुकाएर बस्ने र उपचारमा नजाने समस्या कायमै रहेको स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले बताए।...

सामाजिक घृणाको डरले ढिलो उपचार

अहिले पनि समाजमा आफन्त र छिमेकीको घृणित व्यवहारका कारण रोग लुकाएर बस्ने र उपचारमा नजाने समस्या कायमै रहेको स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले बताए।...

साना किसानलाई कृषि कर्जा लिन सधैं सकस, ३६% ब्याजमा लिएको ऋणबाट कृषि उद्यम !

काठमाडौं । चार हेक्टर जमीनमा तरकारी र फलफूल खेती गर्न आवश्यक लगानी नपुगेपछि सुनसरीको गढी– ३ छिटाहाका अगुवा कृषक भुवनेश्वर यादवले कृषि कर्जा लिने योजना बनाए । सोही योजनाअनुसार उनी आफ्नै गाउँनजिकै रहेको राष्ट्रिय वाणिज्य बैंकमा कर्जाका लागि गए ।  ‘तरकारी र फलफूल खेतीलाई आधुनिकीकरण गर्न १ करोड रुपैयाँ कर्जा लिन खोजेको थिएँ,’ उनले भने, ‘तर, मैले पहल गरेको १० महीना भयो । अझैसम्म कृषि कर्जा पाउने सुरसार छैन ।’ उनले बैंकमा कर्जाका लागि पटकपटक पुग्दा कर्मचारीले विभिन्न बहाना गर्ने गरेको गुनासो गरे ।  बैंक तथा वित्तीय संस्थाले किसानका लागि भनेर विभिन्न कृषि कर्जाका योजना ल्याएका हुन्छन् । तर, अधिकांशको अवस्था चन्द्रदेव पशुपालन कृषकसमूहमा आबद्ध यादवको जस्तै हुन्छ । नेपाल राष्ट्र बैंकको तथ्यांक हेर्दा कृषि कर्जामा ठूलो रकम लगानी गरिएको पाइए पनि त्यस्तो कर्जा वास्तविक किसानकहाँ नपुगेको गुनासो रहँदै आएको छ । ‘जसको बैंकसँग पहुँच र प्रभाव पुग्छ, उनैले कृषि कर्जा पाउने गर्छन्,’ अर्की किसान गुरियाकुमारी झननी भन्छिन्, ‘माटोसँग खेल्ने किसानको पहुँच हुने कुरा भएन । जसले गर्दा वास्तविक किसानलाई कर्जा पाउन सधैं समस्या हुने भयो ।’ उनले ६ महीनादेखि कृषि विकास बैंकबाट कर्जा लिन खोजे पनि हालसम्म नपाएको गुनासो गरिन् ।  बैंकबाट कर्जा लिन समस्या भएपछि अधिकांश किसानले आफन्त तथा गाउँकै धनाढ्यसँग ३६ प्रतिशत ब्याजमा ऋण लिएर उन्नत जातका तरकारी तथा फलफूल खेती गर्दै आएको यादवले आर्थिक अभियान दैनिकलाई बताए । ‘राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिमा पनि कृषि उद्यम तथा व्यवसाय प्रवर्द्धनका लागि किसानलाई कृषि कर्जा उपलब्ध गराउने कुरा उल्लेख छ, तर बैंकबाट कर्जा लिन हामी जस्ता किसानलाई निकै समस्या छ,’ उनले भने । नेपाल बैंकर्स संघका प्रमुख कार्यकारी निर्देशक अनिल शर्मा पनि किसानलाई कर्जा लिन अझै कठिन रहेको बताउँछन् । वास्तविक तथा साना किसानले कृषि कर्जा पाउन नसकेको उल्लेख गर्दै उनले बैंकिङ कर्जाका कार्यक्रमबाट किसान वञ्चित हुनुपर्ने अवस्था कायमै रहेको बताए । उनका अनुसार कृषि कर्जा विस्तार गर्ने र सहुलियत कर्जा उपलब्ध गराउन थालेको पछिल्लो ८ वर्षमा करीब ८५ हजार कृषकले मात्र यस्तो कर्जा पाएका छन् । नेपाल कृषि मेशिनरी व्यवसायी संघका अध्यक्ष खोजराज कटुवाल नेपालको कृषिक्षेत्रलाई माथि उठाउन र अझै व्यावसायिक बनाउन बैंकिङ क्षेत्रले ठूलो मात्रामा कृषिमा लगानी गर्नुपर्ने बताउँछन् । उनले आगामी दिनमा सरकारले सम्पत्ति धितो राखेर ऋण दिने प्रचलन मात्र नराखेर बौद्धिक सम्पत्तिलाई पनि बैंकमा धितो राखेर ऋण लिन पाउने नियम लागू गर्न सकेमा शिक्षित पुस्ताको समेत कृषिक्षेत्रमा आकर्षण बढ्ने उनको भनाइ छ ।  राष्ट्र बैंकका अधिकारीहरू किसानले कृषि कर्जा नपाएको गुनासो प्राप्त नभएको दाबी गर्छन् । राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले राष्ट्र बैंकले अहिले कृषि कर्जालाई अनिवार्य गराएको बताउँदै कुल कर्जाको १५ प्रतिशत कर्जा कृषि कर्जाका रूपमा लागू गरिएको बताए । ‘वाणिज्य बैंकहरूले दिने गरेको कर्जामध्ये पनि ११ प्रतिशत कर्जा कृषिक्षेत्रमा गएको छ । तर, कुनै बैंकले कर्जा दिन आनाकानी गरेका छन् भने अहिलेको फरक परिस्थितिका कारण लगानी सुरक्षित हुने नदेखेपछि त्यस्तो भएको हुनसक्छ,’ उनले भने, राष्ट्र बैंकका अनुसार हालसम्म कृषिक्षेत्रमा करीब ६ खर्ब रुपैयाँ लगानी भइसकेको छ ।

बालबालिकालाई कोरोनाबाट कसरी जोगाउने ?

दशैंमा आफन्त आफन्तबीच बढी घुलमिल हुने हुन्छ । त्यसमा पनि बालबालिकाहरू स्वभावले पनि बढी घुलमिल हुन्छन् । थुप्रै दिनपछिको भेटघाटमा उनीहरू लाडिने, काखमा बस्ने, अँगालो हालेर रमाउने, खेल्ने लगायतका व्यवहारहरू देखाउँछन् । यस्तो बेलामा संक्रमणको बढी जोखिम हुन्छ ।

खुले सर्लाहीका ८ ओटै सीमा नाका

असोज १२, काठमाडौं । कोरोना महामारीका कारण बन्द रहेका सर्लाहीका नेपाल–भारत सीमानाका खुला गरिएको छ ।  कोरोना महामारी नियन्त्रण गर्न भन्दै जारी गरिएको निषेधाज्ञाका कारण विगत करीब डेढ वर्षदेखि सीमानाका बन्द भएका थिए । नेपालीको चाडपर्व नजिकिएसँगै कोरोना महामारी संक्रमणदर केही घटेको मौका छोपी नेपाल सरकारले सीमानाका खोल्ने निर्णय गरेको हो । नेपाल सरकारले निर्णय गरेपछि बसेको जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्र (डिसीसिएमसी) सर्लाहीको बैठकले भारतसँग सीमा जोडिएका सर्लाहीका आठओटै नाका खुला गर्ने निर्णय गरेको सर्लाहीका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले जानकारी दिए ।  उनका अनुसार बैठकले नेपाल सरकारले गरेको निर्णयानुसार जिल्लाका आठओटै नाका खुला गर्ने निर्णय गरिएको भए पनि आवागमनमा विभिन्न चारओटा बुँदा अनिवार्य पालना गर्नुपर्ने छ । जिल्ला सदरमुकामस्थित गोरखकाली नाका, पर्सा गाउँपालिकास्थित संग्रामपुर र पर्सा नाका, ब्रम्हपुरी गाउँपालिकास्थित त्रिभुवननगर नाका, मलंगवा नगरपालिकास्थित भाँडसर नाका, विष्णु गाउँपालिकास्थित बारा उद्योरण र फेन्हरा नाका खुला गर्ने निर्णय गरेको जिल्ला समन्वय समिति सर्लाहीका सभापति मेथुर चौधरीले जानकारी दिए । सरकारले स्थलमार्गबाट आवागमन गर्न आवागमन गर्नु ७२ घण्टा पहिला कोभिड–१९ परीक्षण गरी रिपोर्ट नेगेटिभ आएको हुनुपर्ने, खोपको मात्रा पूरा गरेको, एन्टिजेनसमेत नेगेटिभ आएको हुनुपर्नेलगायत अड्चन राखेर सीमानाका खोल्ने निर्णय गर्दा नागरिकमा निराशा कायमै रहेको  मलंगवा नगरपालिकाका प्रमुख निरसल साहले बताए । यता स्थानीयवासीले आफूहरूलाई घरायसी प्रयोजनका लागि दैनिक उपभोग्य सामग्री ल्याउन, आफन्त भेट्न जान आउनसमेत समस्या भएको मलंगवाका स्थानीयवासी रामकलेवर रायले बताए । नेपाल–भारत सामाजिक सम्बन्ध रहेका कारण पनि सीमाबाट सहजरूपमा आउनजान पाउनुपर्ने उनको माग छ ।  बिरामी भएर उपचार गर्न जानआउनसमेत समस्या हुनुका साथै दैनिक उपभोग्य सामग्री ल्याउन आफूहरूलाई समस्या भएको त्रिभुवननगरका विन्देश्वर महतोले बताए । खुला गरिएका सबै नाकामा हेल्थ डेस्क स्थापना गर्ने निर्णय स्थानीय प्रशासनले गरेको जानकारी दिएको छ । स्वास्थ्य कार्यालयमार्फत ती नाकामा एन्टिजेन परीक्षण गर्ने व्यवस्थासमेत मिलाइएको प्रमुख जिल्ला अधिकारी महतोले जानकारी दिए । रासस

Nagarik News - Nepal Republic Media

बहिनी बरन्डामा बसेर झोक्राउँदै रहिछिन् । मुख मास्कले छोपिरहेकी थिइन्। म नजिकै कुर्सीमा गएर टुसुक्क बसे । मेरो मुखमा नि मास्क थियो । भाइटिकाको सम्पूर्ण सरसामान मरमसला ठिक्क पारेर राखेकी रहिछन् । मैले सम्झे – कोरोनाले थला नै परिछन् । अझै मनभित्र डर –त्रास कायमै रहेछ । सामाजिक छुवाछूत त बिस्तारै समाजबाट हराउँदै गएको थियो फेरि यो कोरोनाले आफन्त नातागोता सबैलाई झनै अछूत बनाउँदै लगेको थियो ।

बालिकाको हत्या प्रकरण : आफन्त शव बुझ्न सहमत, स्थानीयको अवरोध कायमै

कञ्चनपुर – जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा पीडित पक्ष र प्रहरी प्रशासनबीच सहमति भएपछि बलात्कारपछि हत्या गरिएकी निर्मलाका आफन्त शव बुझ्न सहमत भए पनि स्थानीयबासिन्दाले त्यसको विरोध गरेका छन् । उनीहरुले अफन्तले पैसा खाएर लास उठाउन खोजेको आरोप लगाउँदै शव उठाउन अवरोध गरेका हुन् । यसअघि, शनिबार जिल्ला प्रशासन कार्यालय कञ्च...