सर्वोच्च अदालतमा आज बन्दी प्रत्यक्षीकरणका मुद्दामा सुनुवाइका लागिमात्र इजलास तोकिएको छ । सोमबार ६ वटा इजलास बन्दी प्रत्यक्षीकरणका रिट निवेदनमाथि सुनुवाइका लागि तोकिएका छन् । सर्वोच्च अदालतका न्यायाधीशहरूले बेन्च बहिष्कार गरिरहेको सन्दर्भमा सोमबारका लागि बन्दी प्रत्यक्षीकरणका मुद्दामात्र पेसीमा राखिएको हो ।यसअघि ललिता निवास प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा.बाबुराम भट्टराई विरुद्धको मुद्दामा आज (कार्तिक १५) का लागि निर्णय सुनाउने दिन तोकिएको थियो । उक्त मुद्दामा दसैँ अघि न