राष्ट्र बैंकद्वारा भुक्तानी प्रणाली सम्बन्धी एकीकृत निर्देशन जारी

नेपाल राष्ट्र बैंकले भुक्तानी समबन्धि कार्य गर्ने संस्थाहरुको लागि एकिकृत निर्देशिका सार्वजनिक गरेको छ । राष्ट्र बैंकले भुक्तानी सम्बन्धी कार्य गर्न अनुमतिपत्रप्राप्त संस्थाहरूलाई 'भुक्तानी प्रणाली सम्बन्धी एकीकृत निर्देशन – २०७८' जारी गरेको हो ।  भुक्तानी सम्बन्धी कार्य गर्न राष्ट्र बैंकबाट अनुमतिपत्रप्राप्त संस्थाहरुलाई जारी गरिएको भुक्तानी प्रणाली सम्बन्धी एकीकृत निर्देशन-२०७७ र सो पश्चात्  जारी गरिएका सम्पूर्ण परिपत्रहरुलाई एकीकृत गरी यो निर्देशिका तयार पारिएको राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले जनाएको छ।यहाँ क्लिक गरेर नयाँ एकिकृत निर्देशिका हेर्न सकिन्छ ।

सम्बन्धित सामग्री

नेपाल–भारत विद्युतीय भुक्तानी प्रणाली विकास गर्न नियामकीय संयन्त्र स्थापना हुने

नेपाल राष्ट्र बैंकका अनुसार भारतको ‘युनिफाइड पेमेन्ट इन्टरफेस’ (यूपीआई) र नेपालको ‘नेसनल पेमेन्ट्स इन्टरफेस’ (एनपीआई) मा द्विपक्षीय नियामकीय संयन्त्र स्थापना गर्ने समझदारी भएको हो ।

माछापुच्छ्रे बैंकको क्यूआर सेवामा भ्वाइस बक्स सेवा

माछापुच्छ्रे बैंक लिमिटेडले नेपालमा पहिलो पल्ट क्यूआर प्रणालीमा भ्वाइस बक्स प्रविधिको शुभारम्भ गरेको छ । नेपाल राष्ट्र बैंक भुक्तानी प्रणाली विभागलगायत यस बैंकका अन्य केही स्थानहरुबाट यो सेवा शुभारम्भ गरिएको हो । यो प्रविधि प्रयोगमा ल्याउने माछापुच्छ्रे बैंक नेपालमै पहिलो बैंक भएको छ । गत शुक्रबारदेखि क्युआरमा भ्वाइस बक्स जडान गरी माछापुच्छ्रे बैंकले यो नविनतम […]

माछापुच्छ्रे बैंकले सुरु गर्‍यो क्यूआरमा ‘भ्वाइस बक्स’ प्रविधि

काठमाडौं । डिजिटल बैंकिङमा आक्रमक बन्दै ग्राहकलाई सरल र सहज सेवा प्रदान गरिरहेको माछापुच्छ्रे बैंक लिमिटेडले नेपालमा पहिलो पटक क्यूआर प्रणालीमा भ्वाइस बक्स (इन्स्टेन्ट पेमेन्ट नोटिफिकेसन) प्रविधिको सुरुवात गरेको छ । नेपाल राष्ट्र बैंक भुक्तानी प्रणाली विभाग लगायत यस बैंकका अन्य केही स्थानहरुबाट उक्त सेवा शुभारम्भ गरिएको बैंकले जनाएको छ । यो प्रविधि प्रयोगमा ल्याउने […]

एससीटी र मोरु डिजिटलबीच भुक्तानी सेवा सञ्चालन सम्झौता

नेपाल राष्ट्र बैंक बाट भुक्तानी प्रणाली सञ्चालकको अनुमतिप्राप्त स्मार्टच्वाइस टेक्नोलोजिज (एससीटी) र मोरु डिजिटल वालेटबीच स्मार्ट क्यूआरमार्फत भुक्तानी सेवा सञ्चालनको लागि सम्झौता सम्पन्न भएको छ ।सो सम्झौतामा स्मार्टच्वाइस टेक्नोलोजिजका प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजु र पे नेप (मोरू वालेट) का प्रमुख कार्यकारी अधिकृत आशितोष साहबीच हस्ताक्षर भएको हो । मोरू डिजिटल वालेटसँगको यो सहकार्यले […]

स्मार्टच्वाइस टेक्नोलोजिज र फर्स्ट पेबीच अन्तरआवद्धताको लागि सम्झौता

काठमाडौं, ११ जेठ । स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) र फर्स्ट पे टेक्नोलोजिजले सञ्चालन गर्दै आएको स्मार्ट क्यूआर र फर्स्ट पे क्यूआर बीच अन्तरआवद्धताको लागि सम्झौता भएको छ। यी दुवै संस्था नेपाल राष्ट्र बैंक बाट भुक्तानी प्रणाली सञ्चालकको अनुमती प्राप्त संस्था हुन्। काठमाडौंमा आयोजित एक कार्यक्रममा स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजु […]

स्मार्टच्वाईस टेक्नोलोजिज र फस्र्ट पेबिच सम्झौता

नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमती प्राप्त स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेड र नेपाल राष्ट्र बैंक बाट भुक्तानी प्रणाली सञ्चालकको अनुमती प्राप्त फस्र्ट पे टेक्नोलोजिजले सञ्चालन गर्दै आएको स्मार्ट क्यूआर र फस्र्ट पे क्यूआर बिच अन्तरआवद्धताको लागि सम्झौता भएको छ । स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजु तथा फस्र्ट पेको तर्फबाट प्रमुख […]

एटीएमबाट दुई कारोबार निःशुल्क

अघिल्लो  कोभिडका  बेला  अन्तरबैङ्क एटीएम कारोबार गर्दा छुट दिइए पनि त्यसलाई परिमार्जन  गरी   अन्तरबैङ्क   कारोबार   गर्दा प्रतिमहिना  दुईवटा  कारोबार  निःशुल्क  गरिएको राष्ट्र बैंक भुक्तानी  प्रणाली  विभागका  कार्यकारी  निर्देशक भुवन कँडेलले बताएका छन् । यसमा  तत्काल  फेरबदल गर्ने योजना नभएको उनको भनाइ छ।अघिल्लो  वर्ष  कोरोना  सङ्क्रमण  सुरु भएयता निःशुल्क प्रयोग हुँदै आएको अन्तरबैङ्क एटीएम  का...

मेगा बैंकको जोरपाटीको तरकारी बजारमा क्युआर कोड सेवा

काठमाडौं, ५ बैशाख । जोरपाटीस्थित विश्रान्ति होलसेल तरकारी तथा फलफूल बजारमा मेगा बैंकले क्यूआर कोड सेवा संचालनमा ल्याएको छ । नेपाल राष्ट्र बैंक भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक भुवन कँडेल र मेगा बैंक नेपालकी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीले क्यूआर कोड भुक्तानी सेवाको औपचारिक उद्घाटन गरेका हुन् । कार्यक्रममा ८० जना तरकारी विक्रेतालाई क्यूआर कोड […]

विद्युतीय भुक्तानीमा उल्टो बाटो हिड्दै राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले विद्युतीय भुक्तानी प्रणाली कसिलो बनाउने तयारी गरेको छ। डेविट तथा क्रेडिट कार्डबाट हुने कारोबारमा नयाँ व्यवस्था गर्न उसले बैंक तथा वित्तीय संस्थाहरूसँग सुझाव मागेको छ। हाल डेविट कार्डबाट एकपटकमा ३५ हजार रुपैयाँसम्म नगद झिक्न पाइने व्यवस्था छ। अब घटाएर २५ हजार कायम गर्ने तयारी भएको राष्ट्र बैंकले जनाएको छ। यसअनुसार अब…