बाजुरा जिल्ला सभाले सुदूरपश्चिम प्रदेशका पहाडी जिल्ला जोड्ने सेती लोकमार्ग द्रूत गतिमा निर्माण निर्माण गर्न माग गरेको छ। सभाले प्रदेश र सङ्घ सरकारसँग ढिलासुस्ती रोकेर निर्माणका काम शीघ्रताका साथ गर्न माग गरेको हो।...
अछाम । नेपाल सरकारको प्राथमिक योजना हो, सेती लोकमार्ग । सुदूरपश्चिमको समृद्धिसँग जोडिएको यो लोकमार्ग आर्थिक वर्ष २०६५÷६६ बाट निर्माण सुरु गरिएको थियो । सुदूरपश्चिम प्रदेशको विकासमा फट्को मार्ने अपेक्षा गरिएको उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरव आयोजनाको निर्माण भने सुस्त गतिमा भइरहेको छ । भारतसँग जोडिएको कैलालीको टीकापुरस्थित तीकुने नाका हुँदै बौनियाबाट डोटी, अछाम, बाजुरा, बझाङको […]
कैलालीको टीकापुरदेखि बझाङको उत्तरी सीमा उरै भञ्ज्याङ जोड्ने सेती लोकमार्गको काममा ढिलाइ भएको छ । पर्याप्त बजेट नहुँदा सो लोकमार्ग निर्माण सुरु भएको १५ वर्षमा एक सय २६ किलोमिटर मात्र ट्र्याक खुलेको छ ।
कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिकामा बर्दगोरिया सेती लोकमार्ग पहिचान महोत्सव २०८० हुने भएको छ । चैत ९ गतेदेखि १८ गतेसम्म आयोजना गरिने महोत्सवको तयारी सुरु गरिएको बौनियामा पत्रकार सम्मेलन गर्दै आयोजक बर्दगोरिया साहित्य तथा सांस्कृतिक मञ्चले जानकारी दिएको छ । निर्माणाधीन सेती लोकमार्ग चाँडै निर्माण सम्पन्न गर्न सरोकारवाला निकायहरूलाई दबाब दिन महोत्सव आयोजना गर्न लागिएको […]
सेती लोकमार्ग अन्तर्गत बझाङको खप्तडछान्ना गाउँपालिकामा निर्माणाधीन तीन वटा पक्की पुलको निर्माण कार्य अलपत्र परेको छ। निर्माण (ठेकेदार) कम्पनीको लापरबाहीका कारण सम्झौता भएको पाँच वर्ष बितिसक्दा पनि पुल निर्माण हुन सकेका छैनन्। सेती लोकमार्ग दक्षिणी खण्ड आयोजना कार्यालय अछामले २०७५ सालमा बोलपत्र आह्वान गरेर निर्माण कार्य सुरु गरेको थियो। सम्झौतापछि निर्माणको काम सुरुवात गर्न ठेकेदार कम्पनीले ढिला सुस्ती गरेका कारण तीनवटै पुलको निर्माण रोकिएको हो।
सेती लोकमार्ग अन्तर्गत जिल्लाको खप्तडछान्ना गाउँपालिकामा निर्माणाधीन तीन वटा पक्की पुलको निर्माण कार्य अलपत्र परेको छ । ठेकेदार कम्पनीहरूको चरम लापरबाहीका कारण सम्झौता भएको पाँच वर्ष बितिसक्दा पनि निर्माण हुन सकेको छैन ।
संघीय सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि १७ खर्ब ५१ अर्ब ३१ करोडको बजेट ल्याएको छ । बजेटमा सुदूरपश्चिम प्रदेशका रणनीतिक महत्त्वको महाकाली करिडोर, सेती लोकमार्ग, धनगढी–दिपायल द्रुतमार्ग, फप्ला क्रिकेट मैदान, सुक्खा बन्दरगाह, पश्चिम सेती लजविद्युत् आयोजना, सेती नदी ६ जलविद्युत् आयोजना निर्माण, खप्तडमा केबुलकार निर्माणका लागि निजी क्षेत्रलाई प्रोत्साहन गर्ने, बडिमालिकामा पर्यटन पूर्वाधार […]
कैलालीको टीकापुरबाट डोटी, अछाम, बाजुरा हुँदै बझाङको उत्तरी सीमा उरै भन्ज्याङ (ताक्लाकोट सीमा नाका) जोड्ने सेती लोकमार्गको लम्बाइ ३५९ किलोमिटर छ । निर्माण सुरु भएको १२ वर्षसम्म पनि १३० किलोमिटर मात्र ट्र्याक खुलेको छ ।
सुदूरपश्चिमको समृद्धिसँग जोडिएको भनिएको बहुप्रतीक्षित सेती लोकमार्गको निर्माणमा निकै ढिलासुस्ती भइरहेको छ । लोकमार्गको निर्माण स्थानीय, प्रदेश र केन्द्र सरकारको प्राथमिकतामा नपरेको स्थानीयवासीको बुझाइ छ । बर्सेनि बजेट फ्रिज हुने र समयमा ठेक्का नलागेर निर्माण अघि बढ्न सकेको छैन । योजना कार्यालय कर्मचारीविहीन छ ।