काठमाडौं। नेपाल प्रहरीको सक्रियतामा देशभरका विभिन्न स्थानबाट पछिल्लो२४ घण्टामा८२ वटा खाली अक्सिजन सिलिन्डर सङ्कलन गरिएको छ। सङ्कलन गरिएका८२ वटा खाली, यसअघिको स्टक रहेका पाँचवटा भरी र १२ वटा खाली गरी जम्मा ९९ वटा सिलिन्डर आइतबार कोभिड अस्पताल र सम्बन्धित अक्सिजन प्लान्ट उद्योगलाई उपलब्ध गराइएको प्रहरीले जनाएको छ। प्रहरीले उद्योग, कलकारखाना, कवाडी, ग्यास वेल्डिङ लगायतका स्थानबाट सङ्कलन गरी उपलब्ध गराइएको हो।