काठमाडौँ- ई–रिक्सामा लागूऔषध तस्करी गरेको आरोपमा प्रहरीले वीरगञ्जबाट एक जनालाई पक्राउ गरेको छ । प्रहरीले वीरगञ्ज महानगरपालिका–१६ शंकराचार्य गेटमा भारतबाट नेपालतर्फ आउँदै गरेको वीमनपा १ ह १–०११८ नम्बरको ई–रिक्सा चेकजाँच गर्दा ठूलो मात्रामा लागूऔषध बरामद गरेको हो । चेकजाँचको क्रममा ई–रिक्साको सिटमुनि लुकाई ल्याइएको प्रतिबन्धित लागूऔषध ओनेरेक्स सय एमएलको एक सय ७८ बोतल बरामद गरेको थियो […]