हिजोआज अधिकांश मानिस कम्मर, ढाड र गर्दन दुख्ने समस्याले पीडित भएको पाइन्छ । जीवनशैली, बसाइको तरिका नमिल्दा, अत्यधिक तौल, मानसिक चिन्ता र काम गर्दा ढाडमा असर पर्ने कारणले गर्दा मेरुदण्ड दुखाइ...
सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा मेरुदण्डको सफल शल्यक्रिया हुन थालेको छ। एक वर्षअघि प्रदेशको राजधानी धनगढीमा रहेको निसर्ग अस्पतालले मेरुदण्डको शल्यक्रिया सुरु गरेको थियो।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा पहिलोपटक मेरुदण्डको सफल शल्यक्रिया गरिएको छ। घोराही उपमहानगरपालिका–७ सौडियार निवासी ३३ बर्षीया महिलाको प्रतिष्ठानमा मेरुदण्डको सफलतापूर्वक शल्यक्रिया गरिएको हो।
जुम्ला : कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा पहिलोपटक घाँटीको मेरुदण्डको सफल शल्यक्रिया भएको छ। भर्याङबाट लडेर घाँटीको मेरुदण्ड भाँचिएका तिला गाउँपालिका–७ घोडिसम गाउँका लोकबहादुर रोकायाकोसफल शल्यक्रिया भएको हो।हाडजोर्नी विशेषज्ञ डा. पुजनकुमार रोकायाको नेतृत्वमा डा. अर्जुन तिवारी, डा. निराजन महासेठ र डा. रमेश भट्टराईको टोलीले घाँटीको मेरुदण्डको सफल शल्यक्रिया गरेका हुन्। हाडजोर्नी विशेषज्ञ डा. रोकायाले अस्पतालको लागि निकै जटिल र ठूलो शल्यक्रिया भएको बताए।