खुकुलो पारियो कैलालीमा निषेधाज्ञा

कोरानाको दोश्रो लहरको नयाँ भेरियन्टको संक्रमण नियन्त्रण र रोकथाम गर्न जिल्ला प्रशासन कैलालीले गत बैशाख १६ गतेदेखि जारी गरेको निषेधाज्ञा खुकलो पारेको छ । दुई महिना देखि बन्द रहेका सार्वजनिक सवारीसाधन कैलालीमा असार १५ गते राती १२ बजेदेखि जोर बिजोरका आधारमा चल्न पाउने छन । भने पसलहरु पनि बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म खोल्न दिइने भनिएको छ । पहिलेको भन्दा खकुलो पारेर निषेधाज्ञालाई असार २२ गते सम्म थप गरिएको कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले बताएका छन ।