काठमाडौं उपत्यकामा साझा यातायातका बिजुली बस गुड्न थालेका छन् । आज एक कार्यक्रमकाबीच साझाले ३ बिजुली बसको 'सफ्ट लन्च' गरेको हो । हाल साझासँग ३ वटा बिजुली बस छन् ।
काठमाडौं । साझा यातायातले चीनबाट आयात गरेका ३७ ओटा बिजुली बस ६ महीनादेखि ग्यारेजमै थन्किएका छन् । गत असोज अन्तिम सातातिर नेपाल ल्याइएका ३७ ओटा बिजुली बस तिहारलगत्तै सञ्चालनमा ल्याउने भनिए पनि अझसम्म ग्यारेजबाट बाहिर निस्केका छैनन् ।
त्यसताका बस परीक्षणका लागि १ महीना पर्याप्त हुने र सबै कुरा ठीक भए १ महीनाभित्र सञ्चालन गर्न सकिने बताएको साझाले अझसम्म पनि परीक्षण नसकिएको दाबी गरेको छ । साझा यातायातका कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेले परीक्षणको काम अझै नसकिएकाले बसहरू सञ्चालनमा नआएको बताए । ‘सबै प्रक्रिया पुर्याएर परीक्षण गर्दा केही समय लाग्यो । त्यसैले बसहरू सञ्चालन गर्न सकिएको छैन,’ उनले आर्थिक अभियानसँग भने । परीक्षणको काम नसकिएकाले कहिलेदेखि सडकमा आउँछन्, अहिले नै भन्न नसकिने उनले बताए । सरकारले साझालाई ३ सयओटा विद्युतीय बस किन्न ३ अर्ब रुपैयाँ दिएको छ । साझाले यी बस प्रतिगोटा १ करोड ५० लाख रुपैयाँका दरले किनेको हो । पहिलो लटमा ४० ओटा बस ल्याउनुपर्ने सम्झौताअनुरूप साझाले ती बस ल्याएको बताएको छ । बस आपूर्ति र मर्मतसम्भारका लागि चीनको सीएचटीसी (नान्जिङ) अटोमोबाइल कम्पनीसँग साझाले सम्झौता गरेको थियो ।
सिटी बसको डिजाइनमा बनेका यी सेमी–फ्लोर बस २५ जनाभन्दा बढी यात्रु क्षमताका छन् । यी बस वृद्ध, अशक्त र बालबालिकाका लागि उपयोगी मानिन्छन् । अपांगता भएका व्यक्तिका लागि समेत सुविधायुक्त ती बसमा ह्विलचियरबाट समेत सजिलै चढ्न सकिन्छ ।
टीभी, सीसी क्यामेरा र वाइफाई कनेक्टिभिटीको सुविधासहितका यी बसमा १ सय ६० किलोवाट क्षमताको ब्याट्री प्याकमा १ सय ६५ किलोवाटको मोटर जडान गरिएको छ । फुल चार्ज ब्याट्रीले २ सय किलोमीटरसम्मको माइलेज दिने बताइएको छ ।
काठमाडौं, २३ असार । साझा यातायातले आजदेखि बिजुली बसको सेवा औपचारिक रुपमा सुभारम्भ गरेको छ। साझाको पुल्चोकस्थित कार्यालयबाट बिजुलीका बसहरुको सेवाको संस्थापक अध्यक्ष विश्ववन्धु थापाले औपचारिक रुपमा सुभारम्भ गरेका हुन् । साझाले पहिलो चरणमा ल्याएका ३ वटा बिजुली बसले काठमाडौंमा सेवा दिन थालेका हुन् । साझाका नियमित सेवा दिँदै आएका रुटहरुमा बिजुली बसले आजदेखि सेवा […]
आजदेखि तीन वटा बिजुली बसले काठमाडौँमा सेवा थालेका छन्। साझा यातायातको पुल्चोकस्थित कार्यालयबाट ती बसहरुले आज बिहान औपचारिक रुपमा सेवा शुभारम्भ गरेका हुन्।...
काठमाडौं उपत्यकामा साझा यातायातका बिजुली बस गुड्न थालेका छन् । आज एक कार्यक्रमकाबीच साझाले ३ बिजुली बसको 'सफ्ट लन्च' गरेको हो । हाल साझासँग ३ वटा बिजुली बस छन् ।
२३ असार, काठमाडौं । साझा यातायातले पहिलो चरणमा ल्याएका तीन वटा बिजुली बसले आज बिहीबारदेखि काठमाडौंंमा सेवा थालेका छन् । पहिलो चरणमा ल्याइएका बिजुली बसले साझाले नियमित सेवा दिंदै आएका रुटहरुमा सेवा थालेको हो । बिहीबार बिहान साझाको पुल्चोकस्थित कार्यालयबाट ती बसहरुले औपचारिक रुपमा सेवा शुभारम्भ गरेका छन् । साझा यातायातका संस्थापक अध्यक्ष विश्ववन्धु थापाले […]
काठमाडौँ – साझा यातायातले नेपालमा पहिलो पटक बिजुली बस चलाउन सुरु गर्दैछ । इन्धनको भाउ आकासिएसँगै साझाले सुविधा सम्पन्न बिजुली बस चलाउने भएको हो। रत्नपार्क, ठमेल नयाँ बसपार्क हुँदै एयरपोर्ट रुटमा २ वटा बस चल्ने छन् भने लगनखेल, रत्नपार्क हुँदै बुढानीलकण्ठ रुटमा अर्को बस गरी तीन वटा चल्नेछ । बसका चालक र सहचालक महिला हुने […]
२२ चैत, काठमाडौं । साझा यातायातले पहिलो चरणमा परीक्षणका लागि ल्याउन लागेका बसहरुको चीनका सडकमा परीक्षण सुरु भएको छ । साझा यातायातले आफ्नो ट्वीटर एकाउन्टमा राखेको भिडियो अनुसार चीनको उकालो सडकमा बिजली बसको परीक्षण भइरहेको …
फागुन १०, काठमाडौं । साझा यातायातका बन्दै गरेका ४० ओटा बसमध्ये तीन ओटा बस आगामी चैत महीनाभित्र नेपाल आइसक्ने भएका छन् ।
पहिलो चरणमा तीन ओटा विद्युतीय बस आउन लागेका हुन् । साझाका बिजुली बस चीनको नयान्जिंगस्थित कारखानामा तयारीको क्रममा रहेको साझा यातायात सहकारी संस्थाका अध्यक्ष कनकमणि दीक्षितले बताएका छन् ।
हाल तीन ओटा विद्युतीय बस आउने र उपत्यकाका सडक र रूटमा प्रशिक्षण सफल भएपछि बाँकी ३७ ओटा बस आउने उनले जानकारी दिएका छन् ।
सरकारी स्वामित्वको साझा यातायातले ४० ओटा विद्युतीय बस खरीद गर्न लागेको हो । दीक्षितले सामाजिक सञ्जाल फेसबुकमा तयारी अवस्थामा रहेको बसको फोटो सार्वजनिक गर्दै यसबारे जानकारी दिएका हुन् ।
‘बिजुली यातायात शुरू गर्न हामी प्रतीक्षामा छौं । लुम्बिनी बिकास कोषले मगाएको तीन ओटा बिजुली बस सम्झौतामा साझा यातायातले चलाउन लागेको थियो तीन वर्षअघि, उद्घाटन पनि भयो, तर बस आयात कागजातको कारण बस सडकमा ल्याउने अनुमति मिल्न गएन । बिजुली परिवहनको शुरुवात भनेर तामझामका साथ उद्घाटन गरेका थियौं त्यति बेला, तर अड्को आइलाग्यो । यसपाली साझाको आफ्नै बस आउँदैछन्, उत्साहित छौं !’, दीक्षितले लेखेका छन् ।
साझा यातायातले विगत तीन वर्षदेखि विद्युतीय बस खरीद प्रक्रिया अगाडि बढाएको भएपनि सरकारले समर्थन नगर्दा ढिलाई हुँदै आएको थियो । गत वर्ष ३०० ओटा बिद्युतीय बस खरीद गर्न साझालाई सरकारले ३ अर्ब रुपैयाँ उपलब्ध गराएको थियो ।
तर, सो रकम फिर्ता लगेर पुन : साझा यातायातलाई नै फर्काएपछि विद्युतीय बस खरीद प्रक्रिया अघि बढेको थियो । विद्युतीय बस खरीदका लागि विभिन्न स्पेसिफिकेसनसहित खरीद प्रक्रिया अगाडि बढेको थियो ।
नेपाल आउन तयारी भएका विद्युतीय बस २५ सिटभन्दा माथिका हुने छन् । साझाले पटक पटक विद्युतीय बस खरीद प्रक्रिया अघि बढाए पनि सरकार नै बाधक बन्दा बस भित्रिन सकेका थिएनन् ।
काठमाडौं – साझा यातायातले मंगलबारदेखि बिजुलीबाट चल्ने बस सञ्चालनमा ल्याएको छ ।
काठमाडौं उपत्यकामा चल्ने बसको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुभयो । उद्घाटन कार्यक्रममा उहाँले सन् २०२० सम्ममा कम्तीमा २० प्रतिशत विद्युतीय बस चल्ने बताउनुभयो ।
प्रधानमन्त्री ओलीले विद्युतीय बसको प्रयोगले वातावरण संरक्षणमा टेव...