साझाका विद्युतीय बस पहिलो चरणमा तीन ओटा आउँदै, चैतदेखि परीक्षण हुने

फागुन १०, काठमाडौं । साझा यातायातका बन्दै गरेका ४० ओटा बसमध्ये तीन ओटा बस आगामी चैत महीनाभित्र नेपाल आइसक्ने भएका छन् । पहिलो चरणमा तीन ओटा विद्युतीय बस आउन लागेका हुन् ।  साझाका बिजुली बस चीनको नयान्जिंगस्थित कारखानामा तयारीको क्रममा रहेको साझा यातायात सहकारी संस्थाका अध्यक्ष कनकमणि दीक्षितले बताएका छन् । हाल तीन ओटा विद्युतीय बस आउने र उपत्यकाका सडक र रूटमा प्रशिक्षण सफल भएपछि बाँकी ३७ ओटा बस आउने उनले जानकारी दिएका छन् । सरकारी स्वामित्वको साझा यातायातले ४० ओटा विद्युतीय बस खरीद गर्न लागेको हो । दीक्षितले सामाजिक सञ्जाल फेसबुकमा तयारी अवस्थामा रहेको बसको फोटो सार्वजनिक गर्दै यसबारे जानकारी दिएका हुन् । ‘बिजुली यातायात शुरू गर्न हामी प्रतीक्षामा छौं । लुम्बिनी बिकास कोषले मगाएको तीन ओटा बिजुली बस सम्झौतामा साझा यातायातले चलाउन लागेको थियो तीन वर्षअघि, उद्घाटन पनि भयो, तर बस आयात कागजातको कारण बस सडकमा ल्याउने अनुमति मिल्न गएन । बिजुली परिवहनको शुरुवात भनेर तामझामका साथ उद्घाटन गरेका थियौं त्यति बेला, तर अड्को आइलाग्यो । यसपाली साझाको आफ्नै बस आउँदैछन्, उत्साहित छौं !’, दीक्षितले लेखेका छन् । साझा यातायातले विगत तीन वर्षदेखि विद्युतीय बस खरीद प्रक्रिया अगाडि बढाएको भएपनि सरकारले समर्थन नगर्दा ढिलाई हुँदै आएको थियो । गत वर्ष ३०० ओटा बिद्युतीय बस खरीद गर्न साझालाई सरकारले ३ अर्ब रुपैयाँ उपलब्ध गराएको थियो । तर, सो रकम फिर्ता लगेर पुन : साझा यातायातलाई नै फर्काएपछि विद्युतीय बस खरीद प्रक्रिया अघि बढेको थियो । विद्युतीय बस खरीदका लागि विभिन्न स्पेसिफिकेसनसहित खरीद प्रक्रिया अगाडि बढेको थियो । नेपाल आउन तयारी भएका विद्युतीय बस २५ सिटभन्दा माथिका हुने छन् । साझाले पटक पटक विद्युतीय बस खरीद प्रक्रिया अघि बढाए पनि सरकार नै बाधक बन्दा बस भित्रिन सकेका थिएनन् ।

सम्बन्धित सामग्री

साझाका विद्युतीय बस सञ्चालन

साझा यातायातले विद्युती सवारीका तीन बस सञ्चालनमा ल्याएको छ । बिहीबारबाट साझाले उपत्यकाको दुई रुटमा तीन वटा विद्युतीय बस सञ्चालनमा ल्याएको हो ।पुल्चोकस्थित कार्यालयमा चालक र सहचालक महिलाले बस संञ्चालनमा गरेर विद्युतीय बसको सुरुवात गरिएको हो । ४० बस ल्याउने खरिद सम्झौता अनुरुप साझाले पहिलो चरणमा ३ वटा बस चीनको नानजिंगस्थित सीएचटीसी कम्पनीबाट ल्याएर सञ्चालनमा […]

साझा यातायातका तीन वटा विद्युतीय बस सञ्चालनमा, कहाँ कहाँ चल्छन् ?

साझा यातायातले पहिलो चरणमा ल्याएका तीनवटा विद्युतीय बस काठमाडौंका सडकमा गुड्न थालेका छन् । बिहीबार साझा यातायातका संस्थापक अध्यक्ष विश्वबन्धु थापाले तीनवटा बसको उद्घाटन गरेका हुन् ।  साझाले ४० वटा विद्युतीय बस खरिद गर्दैछ । त्यसअन्तर्गत पहिलो चरणमा  चीनको सीएचटीसीएचओ कम्पनीको कारखानामा तयार भएका ३ बस नेपालमा आएका हुन् ।  विद्युतीय बसका लागि चार्जिङ् स्टेशन...

काठमाडौँमा साझाका ३ वटा विद्युतीय बस सञ्चालन

काठमाडौँ- साझा यातायातले बिहीबारदेखि नयाँ विद्युतीय बस सञ्चालनमा ल्याएको छ । चीनबाट पहिलो चरणमा ल्याइएका तीन वटा विद्युतीय बस बिहीबारबाट सञ्चालनमा आएका हुन् । साझाका संस्थापक अध्यक्ष विश्वबन्धु थापाले उक्त विद्युतीय बसको हरियो झण्डा देखाएर शुभारम्भ गरेका हुन् । विद्युतीय बस रत्नपार्क, ठमेल नयाँ बसपार्क हुँदै एयरपोर्टको रुट र लगनखेल, रत्नपार्क हुँदै बुढानीलकण्ठ रुटमा सञ्चालन […]

यस्तो छ साझाको विद्युतीय बस (फोटोफिचर)

साझा यातायातले आज बिहीबारदेखि तीन विद्युतीय बस सञ्चालनमा ल्याएको छ। चीनबाट पहिलो चरणमा आएका यी तीन विद्युतीय बस परीक्षणपश्चात आजदेखि सञ्चालनमा ल्याइएका हुन्। दुईवटा बस रत्नपार्क, ठमेल नयाँ बसपार्क हुँदै एयरपोर्टको...

चालक र सहचालक महिला रहने गरी साझाले आजबाट विद्युतीय बस सञ्चालनमा ल्याउँदै

काठमाडौँ । साझा यातायातले आजदेखि विद्युतीय बस सञ्चालनमा ल्याउने भएको छ । पहिलो चरणमा ल्याइएका तीनवटा विद्युतीय बस आजबाट सञ्चालनमा ल्याउन लागिएको हो । काठमाडौँ उपत्यकामा चल्ने बसको एक कार्यक्रमको आयोजना गरी उद्घाटन पश्चात् सञ्चालनमा ल्याइने भएको छ । बसको परीक्षण गरी नम्बर प्लेट र रुटसमेत निर्धारण गरिएको छ । तीन वटा बसमध्ये दुई वटा […]

साझाका विद्युतीय बस आजबाट सञ्चालनमा आउने

काठमाडाैँ- साझा यातायातले पहिलो चरणमा ल्याएका विद्युतीय बस आजबाट सञ्चालनमा आउने भएका छन्। पहिलो चरणमा ल्याएका तीनवटा विद्युतीय बस आजबाट परीक्षण गरी नम्बर प्लेट र रुटसमेत निर्धारण गरी सञ्चालन हुन लागेका हुन्। बसमा चालक र सहचालकको व्यवस्था हुनेछ। सञ्चालनमा आउन लागेकाे विद्युतीय बस डिजेलबाट चल्ने बसकाे तुलनामा सुविधासम्पन्न सम्पन्न मानिन्छ। बस वृद्ध, अशक्त र बालबालिकाका […]

साझाले आजबाट विद्युतीय बस सञ्चालनमा ल्याउदै, चालक र सहचालक महिला

साझा यातायातले आजदेखि विद्युतीय बस सञ्चालनमा ल्याउने भएको छ । पहिलो चरणमा ल्याइएका तीनवटा विद्युतीय बस आजबाट सञ्चालनमा ल्याउन लागिएको हो । काठमाडौं उपत्यकामा चल्ने बसको एक कार्यक्रमको आयोजना गरि उद्घाटन...

४० वटा विद्युतीय बस खरिदका लागि नौवटा कम्पनी इच्छुक

साझा यातायातका ४० वटा विद्युतीय बस खरिदका लागि नौवटा कम्पनी इच्छुक देखिएका छन् । साझाले  विद्युतीय बस खरिद गर्न गत चैत १३  गते ग्लोबल बोलपत्र आह्वान गरेको  थियो । नौ कम्पनीमध्ये अधिकांश चिनियाँ कम्पनी रहेको साझाले जनाएको छ । साझाले काठमाडौँ उपत्यकामा चलाउन पहिलो चरणमा ४० वटा  विद्युतीय बस ल्याउन लागेको हो । शुक्रबार प्रस्ताव खोलिएको हा । एक महिनामा प्रस्तावको मूल्याङ्कन गरिसक्ने साझाले जनाएको छ ।साझा यातायात सञ्चालक समिति सदस्य भूषण तुलाधरले भने, “प्रस्ताव खोलिएको

वैशाखमा नौवटा विद्युतीय बस काठमाडौँमा ल्याइँदै

आगामी वैशाखमा नौवटा विद्युतीय बस काठमाडौँमा ल्याइँदै छ । सुन्दर यातायात प्रालिले चीनबाट विद्युतीय बस ल्याउन लागेको हो । बसहरू चीनमा तयार भइसकेको र नेपाल ल्याउने तयारी भइरहेको सुन्दर यातायातका अध्यक्ष भेषबहादुर थापाले जानकारी दिए । ४० सिट क्षमताका नौवटा बस तयारी अवस्थामा छन् । सरकारले विद्युतीय बस सञ्चालनमा प्रोत्साहन गरेपछि सुन्दर यातायातले एउटा बसको एक करोड ७२ लाख रुपियाँमा २५ वटा बस खरिदको सम्झौता गरेको छ । जसमध्ये नौवटा बस पहिलो चरणमा ल्याइने भएको छ ।सुन्दर यातायातले काठमाडौँ उपत्यकामा