राष्ट्रपति पौडेललाई उपचारका लागि भारत लगियो

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेललाई थप उपचारका लागि भारत लगिएको छ।  बुधबार बिहान श्री एयरको विमानमार्फत राष्ट्रपति पौडेललाई थप भारत  लागिएको हो। पौडेलको नयाँ दिल्लीस्थित अल इन्डिया इस्टिच्यूट अफ मेडिकल साइन्सेस् (एम्स) मा उपचार हुने जनाइएको छ। स्वास्थ्यमा समस्या देखिएपछि उनलाई मंगलबार साँझ त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको थियो। राष्ट्रपति पौडेलको स्वास्थ्यमा एकसातादेखि समस्या देखिएको हो। गत साता उनी त्रिवि शिक्षण अस्पतालमा तीन दिन भर्ना भएर उपचार गराएका थिए

सम्बन्धित सामग्री

उपचारका लागि भारत जानुअघि राष्ट्रपति पौडेलसँग टिचिङमा के भएको थियो?

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेल भारतको राजधानी नयाँ दिल्लीस्थित अल इन्डिया इन्स्टिच्यूट अफ मेडिकल साइन्सेजमा छातीको संक्रमणको १० दिनसम्म उपचार गराएर आइतबार स्वदेश फर्केका छन्। सामान्य रोगको उपचारका लागि राष्ट्रपति पौडेल करोडौँ रकम खर्चिएर  भारत गएको भन्दै सामाजिक सञ्जालहरुमा मात्र यसको आलोचना भएको छैन, भारत जानुअघि उनले उपचार गराएको त्रिवि शिक्षण अस्पतालका वरिष्ठ चिकित्सकहरुले पनि नेपालमै […]

राष्ट्रपति कार्यालयको खण्डन- खुलेन विदेश जानुको 'मेडिकल' कारण

राष्ट्रपति रामचन्द्र पौडेललाई उपचारका लागि भारत लगिएको विषयमा राष्ट्रपतिको सचिवालयले अर्को विज्ञप्ति जारी गरेको छ। भ्रम सिर्जना गर्न खोजिएको भन्दै विज्ञप्तिमार्फत स्पष्ट पारिएको छ।

पूर्व राष्ट्रपति भण्डारीद्वारा राष्ट्रपति पौडेलको स्वास्थ्यलाभको कामना

काठमाडौं, ८ बैशाख । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले भारतको नयाँदिल्लीमा उपचारार्थ रहेका राष्ट्रपति रामचन्द्र पौडेलको शीघ्र स्वास्थ्यलाभको कामना गरेकी छिन् । पूर्वराष्ट्रपति भण्डारीले आज (शुक्रबार) राष्ट्रपति पौडेलका पुत्र चिन्तन पौडेलसँग टेलिफोन संवाद गरी उनको स्वास्थ्यअवस्थाको बारेमा जानकारी लिँदै स्वास्थ्यलाभको कामना गरेको उनका प्रेस संयोजन गरिरहेका सोम राईले जानकारी दिए । राष्ट्रपति पौडेल उपचारका लागि बुधबार भारत […]

राष्ट्रपति रामचन्द्र पौडेललाई उपचारका लागि भारत लगियो

काठमाडौं, ६ वैशाख। भारतको नयाँ दिल्लीस्थित अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स) मा राष्ट्रपति रामचन्द्र पौडेलको उपचार सुरु भएको छ। उनलार्य बुधवार बिहान श्री एयरको एयर एम्बुलेन्समार्फत भारत लगिएको थियो। नेपालमा उपचार गराउँदा उल्लेख्य सुधार नभएको भन्दै चिकित्सकहरुले थप उपचारका लागि भारत लैजान सुझाव दिएका थिए। राष्ट्रपति पौडेलसँग निजी चिकित्सक डा.निरज बम, परिवारका सदस्य र ७जना चिकित्सकको टोली छ।

एम्स अस्पतालमा राष्ट्रपति पौडेलको उपचार सुरु

काठमाडौं, ६ वैशाख। भारतको नयाँ दिल्लीस्थित अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स) मा राष्ट्रपति रामचन्द्र पौडेलको उपचार सुरु भएको छ। उनलार्य बुधवार बिहान श्री एयरको एयर एम्बुलेन्समार्फत भारत लगिएको थियो। नेपालमा उपचार गराउँदा उल्लेख्य सुधार नभएको भन्दै चिकित्सकहरुले थप उपचारका लागि भारत लैजान सुझाव दिएका थिए। राष्ट्रपति पौडेलसँग निजी चिकित्सक डा.निरज बम, परिवारका सदस्य र ७जना चिकित्सकको टोली छ।

भारतमा राष्ट्रपति पाैडेलकाे उपचार सुरु

काठमाण्डाै – भारतको नयाँ दिल्लीमा रहेकाे अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स) मा राष्ट्रपति रामचन्द्र पौडेलको उपचार सुरु भएको छ । उहाँलाई बुधवार बिहान श्री एअरको एअर एम्बुलेन्समार्फत भारत लगिएको थियो । नेपालमा उपचार गराउँदा उल्लेख्य सुधार नभएको भन्दै परिवारका सदस्य र डाक्टरले थप उपचारका लागि भारत लैजान सुझाव दिएसँगै पौडेललाई भारत लगिएको हो । राष्ट्रपति पौडेलको छातीमा सङ्क्रमण देखिएको थियो । राष्ट्रपति पौडेलसँग निजी चिकित्सक डा. निरज बम, परिवारका सदस्य र सात जना डाक्टरकाे&...

राष्ट्रपति पौडेल अस्वस्थ, थप उपचारका लागि श्रीएयरको एयर एम्बुलेन्सबाट भारत लगियो

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेललाई थप उपचार (Treatment) का लागि भारतको राजधानी नयाँ दिल्ली (New Delhi) लगिएको छ ।   राष्ट्रपति पौडेललाई श्रीएयरको एयर एम्बुलेन्स (Air Ambulance) मार्फत केही बेरअघि नयाँ दिल्ली लागिएको राष्ट्रपतिको सचिवालयले जनाएको छ । स्वास्थ्यमा समस्या देखिएपछि राष्ट्रपति पौडेललाई उपचारका लागि मङ्गलवार साँझ त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा भर्ना गरिएको थियो ।   राष्ट्रपति पौडेललाई थप उपचारका लागि नयाँ दिल्लीस्थित अल इन्डिया इस्टिच्यूट अफ मेडिकल साइन्सेस (एम्स) लागिएको हो । यसअघि पेटमा समस्या देखिएपछि राष्ट्रपति पौडेलको गत चैत १८ गते पनि त्रिवि शिक्षण अस्पतालमा उपचार गरिएको थियो । रासस

राष्ट्रपति पौडेल थप उपचारका लागि भारतमा

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल थप उपचारका लागि पुगेका छन् । उनी बुधबार केहीबेर अघि भारत पुगेका हुन् । मंगलबार स्वास्थ्यमा आएको प्रतिकूल असरका कारण त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज भर्ना भएका थिए । पौडेलको छातीमा देखिएको असर कम नभएपछि थप उपचारका लागि भारत पुगेका छन् । राष्ट्रपतिलाई श्री एयरलाइन्सको एयर एम्बुलेन्समार्फत बिहान १० बजे त्रिभुवन […]

राष्ट्रपति पौडेललाई थप उपचारका लागि भारत लगियो

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेललाई थप उपचारका लागि भारत लगिएको छ । श्री एयरलाइन्समार्फत् राष्ट्रपति पौडेललाई आज बिहान साढे ९ बजे भारत लगिएको हो । पेटमा इन्फेक्सन नघटेपछि पौडेलको भारतको नयाँ दिल्लीस्थित अल इन्डिया इस्टिच्यूट अफ मेडिकल साइन्सेस (एम्स) अस्पतालमा थप उपचार हुनेछ । पौडेल मंगलबार बेलुकी त्रिवि शिक्षण अस्पताल...