राष्ट्रपति पौडेल अस्वस्थ, थप उपचारका लागि श्रीएयरको एयर एम्बुलेन्सबाट भारत लगियो

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेललाई थप उपचार (Treatment) का लागि भारतको राजधानी नयाँ दिल्ली (New Delhi) लगिएको छ ।   राष्ट्रपति पौडेललाई श्रीएयरको एयर एम्बुलेन्स (Air Ambulance) मार्फत केही बेरअघि नयाँ दिल्ली लागिएको राष्ट्रपतिको सचिवालयले जनाएको छ । स्वास्थ्यमा समस्या देखिएपछि राष्ट्रपति पौडेललाई उपचारका लागि मङ्गलवार साँझ त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा भर्ना गरिएको थियो ।   राष्ट्रपति पौडेललाई थप उपचारका लागि नयाँ दिल्लीस्थित अल इन्डिया इस्टिच्यूट अफ मेडिकल साइन्सेस (एम्स) लागिएको हो । यसअघि पेटमा समस्या देखिएपछि राष्ट्रपति पौडेलको गत चैत १८ गते पनि त्रिवि शिक्षण अस्पतालमा उपचार गरिएको थियो । रासस

सम्बन्धित सामग्री

राष्ट्रपति पौडेल प्रोस्टेटसम्बन्धी उपचारका लागि अस्पताल भर्ना

राष्ट्रपति रामचन्द्र पौडेल प्रोस्टेटसम्बन्धी उपचारका लागि त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल भर्ना हुनुभएको छ ।

राष्ट्रपति पौडेल अस्पताल भर्ना

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेल प्रोस्टेटसम्बन्धी उपचारका लागि त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल भर्ना भएका छन् । राष्ट्रपति पौडेल आज बिहान उपचारार्थ भर्ना भएका हुन् । उक्त अस्पतालका निमित्त कार्यकारी निर्देशक प्राध्यापक डाक्टर घनश्याम गुरुङका अनुसार राष्ट्रपतिलाई आज बिहान उपचारार्थ भर्ना गरिएको हो ।

राष्ट्रपति पौडेल उपचारका लागि अस्पताल भर्ना

अस्पतालका निमित्त कार्यकारी निर्देशक प्राध्यापक डाक्टर घनश्याम गुरुङका अनुसार राष्ट्रपतिलाई आज बिहान उपचारार्थ भर्ना गरिएको हो।

राष्ट्रपति पौडेल अस्पताल भर्ना - NepaliPatra

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना भएका छन् । राष्ट्रपति पौडेल प्रोस्टेट सम्बन्धी उपचारका लागि त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल भर्ना भएका हुन् । उक्त अस्पतालका निमित्त कार्यकारी निर्देशक प्राध्यापक डाक्टर घनश्याम गुरुङका अनुसार राष्ट्रपतिलाई आज (बुधबार) बिहान उपचारार्थ भर्ना गरिएको हो ।

राष्ट्रपति चढेको हेलिकप्टरबाट भूकम्पका घाइतेलाई काठमाडौं ल्याइयो

२१ कात्तिक, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौंडेलले चढेर भूकम्प प्रभावित क्षेत्र पुगेको हेलिकप्टरबाट नै घाइतेको उद्धार गरिएको छ । राष्ट्रपति सवार हेलिकप्टरले भूकम्पमा परी घाइते भएका जाजरकोट नलगाड गाउँपालिकाका वीरबहादुर पुनलाई थप उपचारका लागि सुर्खेतबाट सँगै काठमाडौं ल्याइएको हो । राष्ट्रपति पौडेल रुकुम (पश्चिम) र जाजरकोटमा पुगेर भूकम्प प्रभावित क्षेत्रको निरीक्षणपछि काठमाडौं फर्किएका हुन् । […]

अस्पतालबाट डिस्चार्ज भए राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल ११ दिनको उपचारपछि स्वास्थ्यलाभ गरी निवास फर्केका छन् । असार २ गते उपचारका लागि त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त अध्ययन संस्थान अन्तर्गतको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका पौडेल स्वास्थ्य लाभ गरी ११ दिनमा फर्किएका हुन् ।अस्पतालमा उनको छातीमा पेस मेकर राखिएको थियो । उनी आज डिस्जार्च भएर राष्ट्रपति […]

उपचारका लागि भारत जानुअघि राष्ट्रपति पौडेलसँग टिचिङमा के भएको थियो?

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेल भारतको राजधानी नयाँ दिल्लीस्थित अल इन्डिया इन्स्टिच्यूट अफ मेडिकल साइन्सेजमा छातीको संक्रमणको १० दिनसम्म उपचार गराएर आइतबार स्वदेश फर्केका छन्। सामान्य रोगको उपचारका लागि राष्ट्रपति पौडेल करोडौँ रकम खर्चिएर  भारत गएको भन्दै सामाजिक सञ्जालहरुमा मात्र यसको आलोचना भएको छैन, भारत जानुअघि उनले उपचार गराएको त्रिवि शिक्षण अस्पतालका वरिष्ठ चिकित्सकहरुले पनि नेपालमै […]

पूर्व राष्ट्रपति भण्डारीद्वारा राष्ट्रपति पौडेलको स्वास्थ्यलाभको कामना

काठमाडौं, ८ बैशाख । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले भारतको नयाँदिल्लीमा उपचारार्थ रहेका राष्ट्रपति रामचन्द्र पौडेलको शीघ्र स्वास्थ्यलाभको कामना गरेकी छिन् । पूर्वराष्ट्रपति भण्डारीले आज (शुक्रबार) राष्ट्रपति पौडेलका पुत्र चिन्तन पौडेलसँग टेलिफोन संवाद गरी उनको स्वास्थ्यअवस्थाको बारेमा जानकारी लिँदै स्वास्थ्यलाभको कामना गरेको उनका प्रेस संयोजन गरिरहेका सोम राईले जानकारी दिए । राष्ट्रपति पौडेल उपचारका लागि बुधबार भारत […]

राष्ट्रपति पौडेल थप उपचारका लागि भारतमा

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल थप उपचारका लागि पुगेका छन् । उनी बुधबार केहीबेर अघि भारत पुगेका हुन् । मंगलबार स्वास्थ्यमा आएको प्रतिकूल असरका कारण त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज भर्ना भएका थिए । पौडेलको छातीमा देखिएको असर कम नभएपछि थप उपचारका लागि भारत पुगेका छन् । राष्ट्रपतिलाई श्री एयरलाइन्सको एयर एम्बुलेन्समार्फत बिहान १० बजे त्रिभुवन […]