२ फागुन, काठमाडौं । भारतले आफ्नो राष्ट्रिय सुरक्षालाई खतरामा पारेको भन्दै साढे चार दर्जन चिनियाँ एपमाथि प्रतिबन्ध लगाएको छ । सोमबार भारतको विद्युतीय एवं सूचना प्रविधि मन्त्रालयले ५४ वटा चिनियाँ एपमाथि प्रतिबन्ध लगाएको हो । राष्ट्रिय सुरक्षालाई खतरामा पारेको भन्दै चिनियाँ कम्पनी अलिबाबा, टेनसेन्ट होल्डिङ र नेटइजलगायत एपमाथि प्रतिबन्ध लगाएको भारतीय समाचार माध्यमले जनाएका हुन् […]