पछिल्लो एक वर्षको अवधिमा एक दर्जन नयाँ तारे होटल थपिएका छन्। मुलुकमा विदेशी पर्यटकको आगमन बढ्ने अपेक्षा राखेर लगानीकर्ताले धमाधम होटल व्यवसायमा लगानी गरिरहेका हुन्।...
काठमाडौं– पोखराबाट उदाएर नेपालको पर्यटनको ‘गोल्डन ट्राङ्गल’ मानिने काठमाडौं पोखरा र चितवनमा ‘प्रिमियम प्रपर्टी’ सञ्चालनमा ल्याउन सफल बाराही हस्पिटालिटीले पोखराको नर्थ लेकसाइडमा निर्माण सुरू गरेको पाँच तारे होटल ‘बाराही सेदी’ को ४६ प्रतिशत निर्माण सम्पन्न भएको छ । ६ अर्ब लागत अनुमान गरिएको होटलको ५१ प्रतिशत सेयर बाराही ग्रुपको रहेको छ भने बाँकी ४९ प्रतिशत […]
बारा पर्साका प्रमुख सहरमा सञ्चालित ठूला लगानीका सुविधा सम्पन्न तारे होटलहरु सकसमा पर्न थालेका छन् । निजगढ बिमानस्थल, काठमाडौं–निजगढ द्रुतमार्ग, सिमरा सेज, मुलुककै ठूलो औद्योगिक करिडोर, आर्थिक नगरी वीरगंज, पर्सा निकुन्ज लगाएतका व्यावसायिक तथा पर्यटकीय आधारहरु सञ्चालन र चलायमान हुन नसक्दा होटलहरु संकसमा परेका हुन् । सिमरामा सञ्चालित पाच तारे होटल ईच्छा, तिन तारे क्लासीक […]
३ जेठ, काठमाडौं । सुनसरीको इटहरीमा सुविधा सम्पन्न ५ तारे होटल ‘सोल्टी वेस्टेन्ड’ सञ्चालनमा आएको छ । गरिमा होटलको स्वामित्व र सोल्टी होटलको व्यवस्थापनमा ५ तारे होटल सञ्चलानमा ल्याइएको सोल्टी होटलकी मार्केटिङ प्रमुख अनिता बस्नेतले जानकारी दिइन् । उनका अनुसार २ अर्ब लगानीमा बनेको सो होटल बुधबारदेखि औपचारिक रुपमा सञ्चालनमा आएको हो । यसअघि होटल […]
३० भदौ, विराटनगर । विराटनगरमा रहेका दुई वटा होटलले मात्रै तारे होटलको कर तिरेको पाइएको छ । विराटनगरमा रहेका आधा दर्जन होटलले तारे होटल दाबी गर्दै आएका छन् । तर महानगरमा भने दुई वटाले मात्रै तारे होटलको कर तिरेका हुन् । विराटनगरमा रहेको होटल बिग र होटल रत्नाले मात्रै तारे होटलको कर तिरेको महानगरपालिकाका राजस्व […]
तारे होटाल, सिमेन्ट तथा फलाम उद्योगमा सरकारी खर्चमै औद्योगिक पूर्वाधार बन्ने भएको छ । सरकारले तारे होटल तथा सिमेन्ट र फलाम उद्योगमा पहुँच सडक तथा विद्युत प्रसारण लाइन निर्माणमा लागत साझेदारीका लागि आह्वान गरेको छ । जसअनुसार उद्योगी स्वयमले औद्योगिक पूर्वाधार निर्माण गरेमा कूल लागतको ७५ प्रतिशता सम्म शोधभर्ना पाउनेछन् ।उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले […]
रियलस्टेटमा देश अनुसार आ–आफ्ना ट्रेण्ड छन् । विश्वका ठूला शहरहरुमा स्थापित भईसकेका ट्रेण्ड क्रमशः अरु देशका शहरहरुमा पनि फैलिन्छन् । अपार्टमेन्ट, त्यहीँ परिसरमा स्टार होटल र सोही कम्पाउण्डभित्र सपिङ मल तथा कम्प्लेस सहितको रियलस्टेटको ट्रेण्ड विश्वका ठूला शहरमा स्थापित ट्रेण्ड हो । तर, यो अभ्यास भने नेपालमा बल्ल सुरु भएको छ । कहाँ कहाँ हुँदैछ यस्तो फ्यूजन ?अहिले आईरहेका नयाँ रियलस्टेट परियोजनामा अपार्टमेन्टसँगै स्टार होटल र सपिङ मल पनि सँगै छन् । अपार्टमेन्टमा बस्ने व्यक्तिहरुले नजिकै गएर खाना खान चाहे वा कुनै बस्तु खरिद गर्न चाहे टाढा जानुपर्ने बाध्यता हटाउन यस्ता परियोजनाले निकै सघाउ पुग्ने देखिन्छ ।कुपण्डोल हाईटस्थित समिट होटल रहेको ठाउँमा अपार्टमेन्ट सहितको पाँच तारे होटल बन्दैछ । कर्मा समूहले महाराजगञ्जको काठमाडौँ भ्याली पब्लिक स्कुल जग्गामा अपार्टमेन्टसहित पाँच तारे होटल बनाउँदैछ । चाबहिलको गोपीकृष्ण हल भत्काएर पाँच तारे होटल र सपिङ कम्प्लेक्स निर्माणको काम सुरु भएको छ । मोतिलाल दुगडले बिराटनगरमा सपिङ मल, मल्टिप्लेक्स र पार्क सहितको ५ तारे होटल सञ्चालनमा ल्याउने तयारी गरेका छन् । पोखराका व्यवसायी विप्लव पौडेलले कान्तिपथमा बनाएको विशाल भवनमा तलका २ तलामा सपिङ कम्प्लेक्स र माथिका तलामा होटल चलाउँदैछन् । सपिङ कम्प्लेक्सको बुकिङ पनि सुरु भईसकेको छ ।गोल्यान समूहले ताहचलमा अपार्टमेन्ट सहितको पाँच तारे ‘होटल ह्यात प्लेस’ सञ्चालनमा ल्याइसकेको छ । ठमेलस्थित छायाँ सेन्टरमा पनि पाँच तारे होटल र सपिङ कम्पलेक्स छ । यसरी पाँचतारे होटल, अपार्टमेन्ट र सपिङ कम्प्लेक्सको फ्यूजन गरिएका परियोजना निर्माणको क्रम तीव्र रहेको छ । कोभिडपछि मौलाएको मोडलभूकम्पका कारण अपार्टमेन्टको विकास र यहाँ बस्ने मान्छे कम हुँदै गएका थिए । तर, अहिले विस्तारै बढ्दै छन् । कोरोना सुरु हुनु अघिसम्म यस्ता परियोजनामा अपार्टमेन्ट मात्रै थिए । तर, अपार्टमेन्टले मात्रै लगानीको प्रतिफल दिन नसक्ने भएपछि ठूला लगानीकर्ताहरु अपार्टमेन्टमा सपिङ कम्पलेक्स र तारे होटल पनि जोड्न कस्सिकएका हुन् । होटल चलाएर त्यहाँबाट नाफा कमाउन कम्तीमा १० वर्ष लाग्ने भएकाले अपार्टमेन्ट बनाएर बिक्री गरी होटल पनि बनाउँदा होटल सुरुदेखि नै ऋण नलिई चलाउन सकिने भएकाले कोरोना पश्चात नेपालमा यो मोडल फस्टाउँदो देखिएको अपार्टमेन्ट डेभलपर्सहरु बताउँछन् ।
काठमाडौं, माघ २ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले बतास अर्गनाइजेशनबाट सञ्चालित पशुपति धर्मशालाको निरीक्षण गर्नुभएको छ । धर्मशाला निरीक्षण गर्दै मन्त्री आले धर्मशाला सात तारे होटल जस्तो रहेको देख्दा आफू आश्चर्यचकित भएको प्रतिक्रिया दिनुभएको छ । मन्त्री आलेले यसबारे छानबिन समितिले सोमबार प्रतिवेदन बुझाउने र त्यसपछि आवश्यक निर्णय लिइने पनि बताउनुभयो […]
काठमाडौँ – सूर्य नेपालले पाँच तारे होटल निर्माणका लागि उद्योग विभागबाट स्वीकृति पाएको छ। लामो समयदेखि तयारी सुरु गरेको सूर्य नेपालले अब पाँच तारे होटल निर्माण गर्नका लागि विभागबाट स्वीकृति पाएको हो। कम्पनीका अनुसार विभागबाट स्वीकृति पाएपछि अब निर्माणको प्रक्रिया सुरु हुनेछ। कम्पनी होटलको डिजाइन बनाइसकेर उद्योग विभागको स्वीकृतिको प्रतिक्षामा थियो। कम्पनीले उद्योग विभागमा २०७६ […]