आगामी मंसिर ४ गते हुन लागेको संघ र प्रदेशको निर्वाचन हुने मिति नजिकिँदै गर्दा प्रदेश १ का राजनीतिक पार्टीहरूले भने प्रदेशलाई कस्तो बनाउने भन्ने विषय अझै सार्वजनिक गर्न सकेका छैनन् ।संघीयता स्थापना भएपछि प्रदेश १ को मुख्य मुद्दा नामाकरण हुन सकेको छैन । यस्तै प्रदेशको स्थायी संरचना पनि बनेन । विकास निर्माणमा भने संघीय सरकारको भन्दा प्रदेशको गति केही बढेको देखिन्छ । प्रदेश १ सरकारले विभिन्न बहुवर्षीय आयोजनाहरुमार्फत पूर्वाधार निर्माणमा उल्लेख्य फड्को मार्ने कोशिस गरेको छ । यस्तै खानेपानी र स्वास्थ्