मुलुकको अधिकांश भूभागमा वर्षाले वितण्डा मच्चाइरहेको छ । असार अन्तिमसम्म यस वर्ष बाढीपहिरो र चट्याङका कारण देशभर कम्तीमा १ सय १२ जनाको मृत्यु भइसकेको र ५८ जनाको अवस्था अज्ञात रहेको विवरण राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन विभागले सार्वजनिक गरिसकेको छ ।