तिजको मौलिकता जोगाउन चुनौती

सालको पात टिपेर नलाऊ आमा टपरी हाम्ले बिहे गरिँदैन मनै नपरी हलहली मकै बढ्यो त्यही बारीको हावाले कस्तो घर रोजेर दिन्छौ बाबाले । स्तुत गीतका हरफ त्यतिबेला गाइएका हुन्, जतिबेला छोरीहरू बिहेबारे आफ्ना अभिभावकसँग खुलेर बोल्न सक्दैनथे । आफ्ना आमाबाबुले जुन र जस्तो मानिससित विवाह गरिदिन्थे उनीहरूसँगै चुपचाप जीवन बिताउनुपथ्र्यो, चाहे जस्तोसुकै सम्झौता गर्न किन नपरोस् । बोल्नका लागि छोरीहरूसित आवाज थिएनन्, आफ्ना कुरा अभिभावकसँग निर्धक्क भन्न सक्ने वातावरण थिएन । आफूमाथि भएका अन्याय र अत्याचारविरुद्ध बोल्ने साहस थिएन, त्यतिबेला विद्रोहको एउटा मात्रै माध्यम थियो– तिजका गीत । विवाहित छोरीचेलीले आफ्नो कर्मघरमा भोगेका दुःखकष्ट, विभेद र अन्याय गीतका माध्यमबाट माइतीसामु प्रस्तुत गर्थे, जसले मनोरञ्जनसँगै शिक्षा पनि दिन्थ्यो । एक समय थियो, शिक्षाको अवसर केबल पुरुषलाई प्राप्त थियो । छोरीहरू लेखपढको अवसरबाट वञ्चित थिए । आफूले नपढेकै कारण लोग्ने र परिवारका अन्य सदस्यले गर्ने व्यवहार, अपमान तिरस्कारबाट आहत भएर छोरीलाई नपढाउने बाबुआमालाई गीतबाटै यसरी व्यङ्ग्य कस्थे : नपढेकी छोरीलाई पढेकालाई दिनुभो यति कुरा बाबाले पाप लिनुभो । अङ्गे्रजीमा भन्दा रैछन् पानीलाई वाटर नबुझेर दिएँ मैले काँचो कटर । न आफूले पढियो न त बाउले पढाए के छ इच्छा सोधेनन् डोली चढाए । अविवाहित छोरी आफ्नो हुनेवाला श्रीमान्सक्षम होस्, विवाह गरेर जाने घरमा आफ्नो सम्मान होस्, सुख सुविधा होस् भन्ने चाहन्थे । घाँसदाउराका लागि टाढा धाउन नपरोस्, लेकबेँसी गर्न नपरोस्, अन्धकार छिचोल्दै पानी बोक्न टाढाटाढा धाउन नपरोस् भन्ने चाहना हुन्थ्यो तर आफ्ना कुरा अभिभावकसँग सोझै व्यक्त गर्न सक्दैनथे र यस्ता गीतको सहारा लिन्थे : केटो हेर्नू बाबाले निकै छाँटकाँटको खेतबारी हेर्नू बाबा सम्म फाँटको । पानी बोक्न नपरोस् दैलादैला पँधेरो कोठाकोठा बिजुली नहोस् अँधेरो । महिलाले लेखपढ गर्ने अवसर नपाएका र घरगृहस्थीबाट माथि उठ्न नसकेका, आफ्नो हक अधिकारबारे बोल्न नसकेका महिलाले गीतका माध्यमबाट चेतनाको दियो बाल्थे । हामीले गर्न नसक्ने केही छैन, हामीमाथि भएका अन्याय, अत्याचार, दमनविरुद्ध हामीले नै आवाज उठाउनु पर्छ भन्ने हुन्थ्यो । हामी पनि राज्यको नेतृत्व तहमा पुग्न सक्छौँ, आफ्नो हक अधिकारका लागि बोल्न अब ढिलो गर्नुहुँदैन भनेर गीतकै माध्यमबाट महिला दिदीबहिनीलाई यसरी आह्वान गरिन्थ्यो : उठौँ जागौँ दिदीबैनी अब ढिला भैसक्यो अन्याय र अत्याचारले जालो लाइसक्यो । कति बस्छौ अन्यायमा भित्रभित्रै रोएर कति बस्छौ सामन्तीको दासी भएर ? अरू देशका नारीहरू रकेट चढी चन्द्रमा हाम्रा देशका नारीहरू मस्त निन्द्रामा । नारी अधिकारका आवाजसँगै त्यतिबेलाका गीतमा विद्रोहका स्वर पनि चर्को रूपमा बुलन्द हुन्थे । समाजको कलङ्क बनेर बसेको दाइजो प्रथाले आहत भएर भित्रभित्रै पिल्सिएका नारीलाई विद्रोह गर्न र स्वाभिमानपूर्ण जीवन बाँच्न गीतैबाट अनुरोध गरिन्थ्यो । विवाहमा दाइजोका रूपमा मोटरगाडी माग्ने केटालाई बेहुलीले विवाहमण्डपमै दिएको जवाफलाई गीतमा यसरी बुनिएको छ : सम्पत्तिले नपुगे लैजा भैँसी तानेर बसिँदैन मगन्तेलाई लोग्ने मानेर । त्यसलाई दिने सम्पत्तिमा बस्छु बरु पढेर सिन्दुर हाल्छ, त्यही मोटरलाई जान्छ चढेर । अहिलेका शिक्षित र चेतनशील मानिएका महिलाले समेत प्रत्यक्ष रूपमा दाइजो प्रथाको विरोध गर्न नसकेको अवस्था छ । यसलाई अपनाएरै अगाडि बढिरहेको सन्दर्भमा आजभन्दा दशकौँ अगाडि नै तिजका गीतमा दाइजो प्रथाविरुद्धमा गीतैबाट आगो ओकल्नु चानचुने कुरा होइन । त्यस समयका तिज गीतमा महिलाका सवाल मात्रै होइन, समाजमा भए गरेका विभिन्न विकृति विसङ्गतिप्रति व्यङ्ग्यको झटारो हानेर समाज रूपान्तरणका लागि शङ्खघोषसमेत गरिन्थ्यो । शिक्षा क्षेत्रमा देखिएको विकृतिलाई गीतको यस पङ्क्तिले मार्मिक व्यङ्ग्य प्रहार गरेको छ : महिनाको तीन चोटि जान्छन् मास्टर पोखरा दस पढेका विद्यार्थीले बिर्से कखरा । त्यस्तै गरी आधुनिकतासँगै भित्रिएको फेसन संस्कृति र त्यसले युवा वर्गमा पारेको प्रभावलाई यसरी व्यङ्ग्य गरिएको हुन्थ्यो ः छ सयको पाइन्टलाई घुँडाघुँडा काटेर केटा पनि हिँड्न थाले कपाल बाटेर । तीन सयको पाइन्टलाई छ सयमा सिलाउनी बोल्नभन्दा अगाडि कपाल मिलाउनी । ब्राह्मण समाजको सांस्कृतिक स्खलन र बढ्दो विकृतिलाई गीतका माध्यमबाट यसरी व्यङ्ग्य गरिन्थ्यो : थकाल्नीले रक्सी पार्छे चमचीले चाखेर आहो आहो बाहुन बाजे जनै राखेर । छ सराको जनैले यति दुःख दिएको ठाडो घाँटी लाएर रक्सी पिएको । अचेल यसरी विकृति विसङ्गतिप्रति व्यङ्ग्य गरिएका, नारी समानताका लागि आवाज उठाइएका तिज गीत सुनिन छाडेका छन् । अचेलका तिज गीत सुन्न कम र हेर्न बढी थालिएसँगै पूर्ण रूपमा व्यापारिक बन्दै गएका छन् । आ

सम्बन्धित सामग्री

मौलिकता गुमाउँदै होली

हिन्दू परम्परामा विजय उत्सवका रूपमा मनाइने होली पर्वको मौलिकता हराउन थालेको छ।

हराउँदै गौराको मौलिकता

गौरा पर्वको आफ्नै गरिमा र महत्व रहेको छ। यो पर्व डोटेली भाषीको पहिचान र इतिहाससँग जोडिएकाले पनि यसको महत्व बढिरहेको छ। पछिल्लो समय आधुनिकतामा परेर गौरा पर्वको मौलिकता हराउँदै गएको छ।...

मौलिकता गुमाउँदै सम्पदा सुरुङ

मकवानपुर, चैत १० । नेपालको पहिलो सुरुङमार्गको मौलिकता गुम्ने गरी मर्मत थालिएको छ। जीर्ण अवस्थामा रहेको यो सुरुङमार्गको बागमती प्रदेश सरकारले यति बेला मर्मत गरिरहेको छ। पुरातात्त्विक महत्वको सुरुङ मर्मत गर्दा मौलिकतामा ख्याल गरिएको छैन। उपत्यकालाई तराईसँग जोड्ने गरी चुरेमा १०६ वर्षअघि सुरुङमार्ग निर्माण गरिएको थियो। जथाभाबी मर्मत गर्दा यसको मौलिकता गुम्ने खतरा बढ्दै गएको […]

देउसी भैलोमा हराउँदै मौलिकता

बागलुङ : तिहार पर्वको एउटा महत्वपूर्ण हिस्साको रुपमा देउसीभैलोलाई लिइन्छ। पछिल्लो समय यसको मौलिकता हराउँदै गएको छ। तिहार सुरु भएसँगै गाउँ तथा शहर जताततै देउसीभैलोको रौनक छ।बालबालिकादेखि बुढापाकासम्मलाई देउसी भैलोले छोएको छ। गाउँ, टोल र छिमेक संगीतमय बनेको छ। तर देउसीभैलोको मौलिकता भने बर्सेनी हराउँदै गएको छ।यमपञ्चक सुरु भएपछि बागलुङ बजारका चोक–चोकमा देउसीभैलो खेल्नेहरुको भिड नै छ। उनीहरुले गाउने गीत र नाचमा कुनै मौलिकता भने पाइँदैन। तिहार पर्वसँग मादल, बासुरी, खैजडी लगायतका बाजा र मौलिक गी

मौलिकता गुमाउँदै देउसीभैलो

ढोरपाटन – तिहारमा दीप प्रज्जवलन जत्तिकै महत्वपूर्ण पक्ष देउसी र भैलो पनि हो। परम्परागत गीतमा नृत्य गर्दै खेलिने देउसी र भैलोको मौलिकता भने पछिल्ला केही वर्षयता भने हराउँदै गएको छ। तिहार सुरु भएसँगै टोलटोलमा देउसी र भैलो खेल्ने समूहले बालबालिकादेखि बुढापाकासम्मलाई मनोरञ्जन त दिएका छन् तर आधुनिक शैली अँगाल्दा मौलिकता भने गुमाउँदै गएको छ। देउसी […]

‘चाडपर्वको मौलिकता जोगाउनु पर्छ’

गण्डकी– गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले चाडपर्वको मौलिकता जोगाउनु आजको आवश्यकता भएको बताएका छन् । हरितालिका तीजको पावन अवसरमा शुभकामना सन्देश व्यक्त गर्दै उनले चाडपर्व हाम्रा संस्कृति र पहिचान भएको उल्लेख गरे ।  “मौलिक संस्कृतिको प्रवर्द्धन गदै संस्कारयुक्त सामाजिक वातावरण तयार गर्न यस्ता चाडपर्वको मौलिकता जोगाउनु अहिलेको आवश्यकता हो”, शुभकामना सन्देशमा भनिएको छ । हरितालिका […]

तीजको मौलिकता जोगाऔँ’

रामपुर (पाल्पा), १३ भदौ । ‘दुःखसुख, विरह र वेदना यही तीजे भाकामा गाउन बरिलै, मीठो पिठो जे दिन्छन् दाइभाइले अमृतै मानेर खाम्न बरिलै’ । गायिका हरिदेवी कोइरालाको यो गीतले तीजको मौलिकता बोलेको छ । समाजको यथार्थ कुरालाई गीतमार्फत प्रस्तुत गरेकोे छ । तीजको मौलिक संस्कृतिलाई गीतमार्फत व्यक्त गरिए पनि अहिले भने पर्व मनाउने निहुँमा मौलिकता […]

डोट्याली भाषा : मौलिकता हराउँदै

सुदूरपश्चिम क्षेत्रका बहुसङ्ख्यक व्यक्तिले बोल्ने डोट्याली (डोटेली) भाषाको मौलिकता हराउँदै जान थालेको छ । बाह्य भाषाको प्रभावका कारण डोट्याली भाषा विकृत बन्दै जान थालेको हो । पछिल्ला समय घरपरिवारमा सो भाषा बोल्ने नै कम हुन थालेपछि नयाँ पुस्तान्तरणमा समेत समस्या हुन थालेको छ । सो भाषा तत्कालीन डोटी राज्यको राष्ट्र भाषाका रूपमा थियो । डोटी …

मौलिकता बिनाको तीज!

नेपाली चेलीहरु चुला-चौकाबाट माथि उक्लिसकेका छन्। आम्दानीको स्रोत बढ्दैछ। यसैले तीज मनाउन तीज नै कुर्नुपर्नै अवस्था छैन। तर संस्कृति, परम्परा, रीतिरिवाजमा सापेक्ष सुधार जरुरी छ, मौलिकता नै निमिट्यान्न पार्ने गरी होइन।