लमजुङ - तनहुँ भानु नगरपालिका–१०, नेपालडाँडाका नवीन जोशी र सविना जोशीले सुरुमा कुखुरा पाल्न थाल्नुभयाे । त्यसपछि गाई पनि पाल्नुभयो, । तर आशा गरेजस्ताे कमाइ भएन । तै पनि हार मान्नु भएन।
कुखुरापालन र गाईपालनबाट राम्रो आम्दानी नभएपछि उहाँहरु भैँसीपालन गर्न थाल्नुभयाे । उहाँहरुले भैँसीपालन गरी व्यावसायिक कृषि उद्यमलाई निरन्तरता दिनुभएको हो । भैँसीको दूधको बजारमा माग, मूल्य राम्रो रहेको र यसबाट फाइदा हुने सम्भावना देखेर परिवारको सल्लाहमै आफूहरु भैँसीपालन व्यवसायतिर लागेकाे...