सुर्खेतको वीरेन्द्रनगरपालिका–१० चौखेढुङ्गाका इमानसिंह बस्नेतले १२ वर्षअघि एक कोठामा च्याउँ खेती गरे । आफू खानाका लागि च्याउँ खेती सुरु गरेका उनले अहिले सात टनेलमा व्यावसायिक सो खेती गरेका छन् । विगत १२ वर्षअघि विदेश जाने सपना देखेर दुबईको भिसा लगाएका उनले विदेशमा गर्ने दुःख आफ्नै देशमा गरे राम्रो आम्दानी गर्न सकिन्छ भनेर च्याउँखेती सुरु गरेका हुन् । उनले अहिले मासिक एक लाख ५० हजारसम्म आम्दानी गर्ने गरेको बताए । युवा स्वरोजगार कार्यक्रमबाट ५० हजार ऋण लिएर पाँच वटा टनेल निर्म