धनगढी– नेकपा एमालेले कञ्चनपुरका ९ वटै स्थानीय तहमा उम्मेदवारको टुङ्गो लगाएको छ। एमालेले कञ्चनपुरका दुई पालिकामा महिला प्रमुखसहित सबै स्थानीय तहमा उम्मेदवारको टुङ्गो लगाएको हो। एमालेले भीमदत्त नगरपालिकाको मेयरमा महेशप्रसाद पन्त र उपमेयरमा भुवन केसी (कुँवर)लाई उम्मेदवार बनाउने निर्णय गरेको छ। यस्तै दोधाराचाँदनी नगरपालिकाको मेयरमा किशोर लिम्बु, उपमेयरमा खेमा चन्द, बेदकोट नगरपालिकाको मेयरमा सुशिला सिंह, […]